समाज


लागु औषध नियन्त्रण कुनै एक मात्र निकायबाट सम्भव छैन : महानिरीक्षक कुँवर

लागु औषध नियन्त्रण कुनै एक मात्र निकायबाट सम्भव छैन : महानिरीक्षक कुँवर

नेपालखबर
फागुन १७, २०८१ शनिबार १४:३०, काठमाडौँ

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले लागु औषध नियन्त्रण र रोकथाम कुनै एकमात्र निकायबाट सम्भव नरहेको बताएका छन्। शनिबारदेखि नेपाल प्रहरीले सुरु गरेको लागु औषधविरुद्धको महाअभियानको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्। 

प्रहरी महानिरीक्षक कुँवरले सामूहिक दायित्वको विषयलाई सबै मिलेर नियन्त्रण गर्न जरुरी रहेको बताए। उनले लागु औषध नियन्त्रणका लागि व्यक्ति, समाज, विभिन्न पेसाकर्मी, राजनीतिक व्यक्तित्व, समाजसेवी, अभिभावक, स्थानीय निकाय, समाज र सरोकारवालासमेतको संयुक्त सहकार्य अपरिहार्य रहेको बताए। समाजका विभिन्न तह र क्षेत्रको समान ढंगले सक्रिय सहभागितामा सामाजिक विकृति र अपराधको रूपमा रहेको लागु औषध रहित समाजको परिकल्पना गर्ने उद्देश्यका साथ काठमाडौँ उपत्यकाभित्र यो महाअभियानको शुभारम्भ गरिएको उनले बताए। उनले लागु औषध कारोबार तथा दुर्व्यसनीका घटना नियन्त्रण र निरुपणका लागि नेपाल प्रहरीले चाल्नुपर्ने कदममा खरो ढंगबाट प्रस्तुत हुन निर्देशन दिए।  

उनले भने, ‘लागु औषध नियन्त्रण र रोकथाम कुनै एकमात्र निकायबाट सम्भव हुँदैन। यो सामूहिक दायित्वको विषय हो। यसको लागि प्रो एक्टिभनेस पनि महत्त्वपूर्ण रहेको छ। यसमा व्यक्ति, समाज, विभिन्न पेसाकर्मी, राजनीतिक व्यक्तित्व, समाजसेवी, अभिभावक, स्थानीय निकाय, समाज र सरोकारवालासमेतको संयुक्त सहकार्य अपरिहार्य छ।’

प्रहरी महानिरीक्षक कुँवरले विश्वमा करिब ३० करोड र एसियामा मात्रै करिब ६ करोडको हाराहारीमा लागु औषध सेवन कर्ताहरू रहेको बताए। जसमध्ये गाँजा र सोबाट निर्मित लागु औषधको प्रयोगकर्ता झन्डै ८० प्रतिशत रहेको उनले बताए। लागु औषध सम्बन्धी देशभर दर्ता भएका मुद्दाहरू प्रत्येक आर्थिक वर्षमा करिब ७ प्रतिशतको हाराहारीमा बढ्दो अवस्थामा रहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad