समाज


काठमाडाैं महानगरकी उपमेयर खड्गीलाई हृदयाघात

काठमाडाैं महानगरकी उपमेयर खड्गीलाई हृदयाघात

नेपालखबर
असार २०, २०७६ शुक्रबार ९:३४,

 काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी हृदयाघात भएको छ। उनी थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी छिन्।

अस्पतालका जनसम्पर्क अधिकृत आरपी मैनालीका अनुसार उनको जाँचको कार्य भइरहेको छ। ‘उहाँलाई भर्ना गरिएको हो। जाँच भइरहेको छ’, नर्भिक अस्तालका जनसम्पर्क अधिकृत आरपी मैनालीले नेपालखबरसँग भने, ‘हृदयाघात भएको पनि हुनसक्छ।’ उपमेयरको सचिवालयले उनलाई हृदयघातपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको जनाएको छ। स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको दाबी गरेको छ।

साँझसम्ममा डिस्चार्ज हुने
यसैबीच, महानगरकी उपप्रमुख खड्गीको स्वास्थ्य अवस्था सामान्य रहेको महानगरले जानकारी दिएको छ। बिहीबार बेलुकी राष्ट्रिय सभा गृहमा आउँदो आर्थिक वर्षका लागि बजेट तयारीको सिलसिलामा आयोजना गरिएको बैठकमा सहभागी भएका बेला उनले शारीरिक रुपमा असजिलो महसुस गरेकी थिइन्। त्यसपछि नर्भिक अस्पताल थापाथली लगिएको थियो। अस्पतालले प्रारम्भिक स्वास्थ्य परीक्षणका क्रममा २४ घण्टा चिकित्सकको निगरानीमा रहन भनेपछि अस्पतालमा भर्ना गरिएको थियो।

उनलाई अस्पताल लगेपछि बिहीबार बेलुकी नै महानगरका प्रमुख विद्यासुन्दर शाक्य अस्पताल पुगेर स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिएका थिए। उपप्रमुख खड्गी श्रेष्ठको स्वास्थ्य अवस्थाका बिषयमा जानकारी दिँदै उनका श्रीमान प्रकाश खड्गीले भने, ‘ठूलो केही भएको होइन । नियमित स्वास्थ्य परीक्षणको क्रम भने पनि हुन्छ । सम्भवतः आज (शुक्रबार) बेलुकीसम्ममा घर फर्किन्छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .