आज बिहीबार, १५ फागुन २०८१ (२७ फेब्रुअरी २०२५)। हेर्नुस् आजको राशिफल-
मेष : दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। प्रेमी/प्रेमिकाबाट विशेष सहयोग मिल्नेछ। धार्मिक क्षेत्रमा राम्रो सफलता मिल्ला। दूरदराजमा रहेका आफन्तसँग सम्बन्ध कायम हुनेछ।
भाग्यशाली रङ कालो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ७३ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहको स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूको अहित नचिताउने।
वृष : लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउनेछ। आजबाट नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय उत्तम रहेको छ।
भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।
मिथुन : अवसरै अवसरले घेरिनु हुनेछ। मन खुसी र प्रसन्न रहनेछ। वैदेशिक क्षेत्रमा गरिएका कार्यले अन्ततः फाइदा नै पुर्याउनेछ। कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ। लक्ष्मी प्रसन्न हुने योग छ।
भाग्यशाली रङ रातो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।
कर्कट : क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। साँझमा बढी पैसा खर्च हुने योग छ। खर्चको मात्रा वृद्धि हुन सक्छ, अतः सचेत रहनु होला। अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुनेछ।
भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
सिंह : दैनिक कार्यमा प्रगति हुनेछ। प्रेम सम्बन्ध प्रगाढ बन्नेछ। सहकर्मीबाट विरोध हुन सक्छ। छोटो दूरीको लाभदायक यात्रा होला। शुभकार्यको चर्चा चल्नेछ।
भाग्यशाली रङ हरियो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ५१, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले मनमा असल भाव राख्ने। कालो रङको प्रयोग नगर्ने।
कन्या : महत्त्वपूर्ण कामको थालनी हुनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। शैक्षिक क्षेत्र उन्नत रहनेछ। प्राविधिक काम सहजै अघि बढ्नेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४२, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। झुट नबोल्ने।
तुला : धार्मिक तथा सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ। अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। प्रेमीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। रमाइलो र यादगार यात्रा हुनेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।
वृश्चिक : जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला। साँझमा शुभ समाचार मिल्नेछ। क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना नियन्त्रण गर्नु राम्रो हुन्छ। प्रेमीसँगको सम्बन्ध यथावत रहनेछ।
भाग्यशाली रङ कालो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, सेयर बजारमा ३२, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। पहेँलो रङको प्रयोग नगर्ने।
धनु : कुनै कुराले मनमा शान्ति छाउनेछ। प्रेम जीवन सफल हुनेछ। स्वादिष्ट भोजनको विशेष अवसर मिल्ला। राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।
भाग्यशाली रङ आकासे र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। सजिलै अरूको विश्वास नगर्ने।
मकर : दिन भाग्यशाली भएर देखा पर्नेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। शुभ समाचार सुन्न पाइएला। प्राविधिक क्षेत्रमा विशेष रुचि बढ्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। पुनर्मिलनको योग छ।
भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।
कुम्भ : मिठोमसिने भोजनको अवसर आए पनि स्वास्थ्यमा भने समस्या देखिन्छ। आफन्तको साथ र सहयोग मिल्नेछ। सामूहिक यात्रा रमाइलो हुनेछ। सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर छ।
भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।
मीन : लाभहानि बराबर होला। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। दैनिक व्यवहारमा खर्च बढ्न सक्छ। निर्णायक क्षमतामा कमी आउनेछ।
भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४४, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। तामसिक भोजन नगर्ने।
Shares

प्रतिक्रिया