आज सोमबार राति कोसी र गण्डकी प्रदेशका एक-दुई स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसबाहेक राति अन्य प्रदेशमा भने हिमपात तथा वर्षाको सम्भावना देखिएको छैन।
आज राति कुन प्रदेशको मौसम कस्तो होला?
कोसी प्रदेश: हिमाली क्षेत्रमा आंंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंंशिक बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ।
मधेस प्रदेश: तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ।
बागमती प्रदेश: हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ। पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ।
गण्डकी प्रदेश: हिमाली क्षेत्रमा आंंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंंशिक बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ।
लुम्बिनी प्रदेश: पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ।
कर्णाली प्रदेश: हिमाली क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ। पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ।
सुदूरपश्चिम प्रदेश: हिमाली क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना छ। पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ।
Shares

प्रतिक्रिया