समाज


महाशिवरात्रीमा पशुपति क्षेत्रभित्र मासु, मदिरा, गाँजा, भाङ बिक्री नगर्न आग्रह

महाशिवरात्रीमा पशुपति क्षेत्रभित्र मासु, मदिरा, गाँजा, भाङ बिक्री नगर्न आग्रह

नेपालखबर
फागुन १२, २०८१ सोमबार १५:९, काठमाडौँ

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शनलाई व्यवस्थित गर्न मूल समारोह समिति तथा उपसमितिहरु गठन गरेको छ।

सोमबार कोषले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो। 

प्रचार प्रसार तथा सजावट व्यवस्था उपसमिमितका परिषद् सदस्य राजकुकार खत्रीले नेपाल सरकारबाट निर्धारित सुरक्षा र स्वास्थ्यको मापदण्ड पालना गरेर पशुपतिनाथको दर्शनको व्यवस्था गरेको बताए। 

फागुन १२ देखि १६ गतेसम्म पशुपति क्षेत्रमा विशेष सरसफाईको व्यवस्था समेत गरेको उनको भनाइ छ।

उनले भने, ‘२०८१ साल फागुन १४ गते बुधबार २६ फ्रेब्रुअरी २०२५ दिन परेको यस वर्षको महान पर्व शिवरात्री पर्वमा लाखौँ संख्यामा आउने दर्शनार्थी, साधुसन्त एवं भक्तजनहरुको प्रवाहलाई मध्यनजर राखी नेपाल सरकारबाट  निर्धारित सुरक्षा र स्वास्थ्यको मापदण्डलाई पालना गर्दै समग्ररुपमा दर्शनको व्यवस्था गर्न प्रभावकारी बनाउनका लागि पशुपति क्षेत्र विकास कोषले देहाय अनुसारको उपसिचि गठन गरी कार्य विभाजन गरी विभिन्न तयारी गरेको बारेमा यहाँको विज्ञ जनमा जानकारी गराउन चाहन्छु। वातावरण सरसफाई तथा जुत्ता चप्पल व्यवस्था २०८१ फागुन १२ गते बिहानदेखि १६ गतेसम्म पशुपति क्षेत्र विशेष सरसफाइ अभियान सञ्चालन गरिएको छ।’

कोषले मांस, मदिरा, गाँजा, भाङ आदिको भण्डारण तथा बिक्री वितरण तथा ओसारपसार नगर्न तथा नगराउन सचेत गराएको छ। 

यस्तै स्थानीय बासिन्दाहरुले स्थानीय वडा कार्यालयहरुमार्फत जारी गरिएको परिचय पत्र तथा कोषबाट जारी परिचय पासबाट सहजरुमा आवतजावत गर्नसक्ने कोषले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad