ad ad

समाज


दुबईबाट फर्किएका कोरोना शंकास्पद बिरामी काठमाडौं रेफर

दुबईबाट फर्किएका कोरोना शंकास्पद बिरामी काठमाडौं रेफर

शैलेन्द्र महतो
चैत ११, २०७६ मंगलबार ९:२५,

दुबईबाट फर्केपछि ज्वरो आएका एक जना कोरोना भाइरस संकास्पद बिरामीलाई जनकपुरबाट काठमाडौं रेफर गरिएको छ। चार दिन पहिला दुबईबाट फर्किएका सिरहाका औरही गाउँपालिकाका ४० वर्षीय पुरुषलाई ज्वरो आएपछि कोरोना संक्रमणको शंकामा मंगलबार दिउँसो जनकपुरको प्रादेशिक अस्पताल भर्ना गरिएको थियो।

चिकित्सकले यहाँ कोरोनाको चेकजाँच तथा उपचार उपकरण तथा साधन नभएको भन्दै काठमाडौं रेफर गरेको प्रादेशिक अस्पताल जनकपुरका इमरजेन्सी वार्ड इन्चार्ज गोपला साहले नेपालखबरलाइ बताए।

यस्तै सप्तरीमा ८ जनालाई क्वारेन्टिनमा राखिएको छ। कतारबाट आएका सप्तरीको हनुमानगर कंकालिनी नगरपालिकाका १, डाकनेश्वरी नगरपालिकाको पातोका १ र भारतीय क्षेत्रबाट नेपाल छिरेका १ गरी तीन जनालाई क्वारिन्टिनमा राखिएको खबर पाएको प्रदेश २ स्वास्थ्य निर्देशलयका बरिष्ठ अधिकृत विजय झाले जानकारी दिए।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पतौना र हनुमाननगरका दुवैजनालाई चेकजाँच गरिएको हो। हनुमाननगरका व्यक्तिलाई कोरोनाको कुनै लक्षण नदेखिएपछि होम क्वारन्टिनमा र पखालाको समस्या देखिएका पातोका एक जनालाई पखाला ठीक भएपछि क्वारिन्टाइनमा बस्ने गरी घर पठाइएको छ।

यसैगरी सोमबार भारतबाट फर्केका ६ जनालाई क्वारेन्टाइनमा राखिएको छ। भारतबाट प्रवेश गरेको सप्तरीको छिन्नमस्ता गाउँपालिकामा ५ का ५ जनालाई हल्का ज्वरो देखिएपछि स्थानीय चौरसिया धर्मशालामा, छिन्नमस्ता सखडाको क्वारेन्टिनमा राखिएको सप्तरीका पत्रकार शुभनारायण यादवले जानकारी दिए। यस्तै सोमबार नै सुनौली नाका हुँदै नेपाल प्रवेश गरेका एकजनालाई तिलाठी कोइलाडी गाउँपालिकाको क्वारेन्टिनमा राखिएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .