कास्कीको पोखरामा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।
पोखरा महानगरपालिका ८ फिर्केस्थित सडकमा ग ३ च ८९७७ नम्बरको बोलेरो जिप र ग १३ प ३२०६ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना भएको हो।
दुर्घटनाामा स्कुटरमा सवार महानगरपालिका ११ फुलबारीकी ५६ वर्षीया माया गुरूङको मृत्यु भएको छ।
गम्भीर घाइते भएकी उनको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।
जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
330
Shares

प्रतिक्रिया