समाज


मलेसियामा सडक दुर्घटना : नेपाली सुरक्षागार्डको गयो ज्यान

मलेसियामा सडक दुर्घटना : नेपाली सुरक्षागार्डको गयो ज्यान

नेपालखबर
फागुन ८, २०८१ बिहिबार १९:१७, काठमाडौँ

मलेसियामा सडक दुर्घटनामा परेर एक नेपालीको मृत्यु भएको छ। सुनसरीको इनरुवा नगरपालिका ६ का ४२ वर्षीय सञ्‍जीवकुमार श्रेष्ठको दुर्घटनामा मृत्यु भएको हो। 

जोहरबहरूको सेनाइमा बुधबार बाटो काट्नेक्रममा दुर्घटनामा परेर उनको मृत्यु भएको आफन्तले जानकारी दिएका छन्। सेक्युरिटीगार्डको काम गर्ने श्रेष्ठ ड्युटी सकेर फर्किने क्रममा दुर्घटनामा परेका थिए। 

सन् २०१७ मा वीरा सेक्युरिटि सर्भिस कम्पनीमा काम गर्न पुगेका उनी त्यहाँबाट फर्किएर फेरि अर्को कम्पनीमा गएका थिए। सन् २०२३ मार्चमा नुर अपरच्युनिटी ओभरसिज म्यानपावर कम्पनिबाट ब्ल्याकगोल्ड सेक्युरिटी कम्पनीमा काम गर्न गएका थिए। गएको दुई वर्ष पुग्न लाग्दा उनको मत्यु भएको हो। 

उनको शव नेपाल झिकाइदिन बुधबार नेपाली राजदूतावास मलेसियासँग आग्रह गरेका छन्। वडा कार्यालयले दूतावासमा पत्राचार गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad