समाज


राशिफल ८ फागुन: मिथुनको सहकर्मीले कुरा काट्ने, कन्या गोप्य काममा सफल हुने, तपाईँको के?

राशिफल ८ फागुन: मिथुनको सहकर्मीले कुरा काट्ने, कन्या गोप्य काममा सफल हुने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
फागुन ८, २०८१ बिहिबार ४:४४, काठमाडौँ

आज बिहीबार, ८ फागुन २०८१ (२० फेब्रुअरी २०२५)। हेर्नुस् आजको राशिफल-

मेष : सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। घरायसी वातावरणमा असामान्यता देखिन सक्छ। बाहिरी खानपान, समय र स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ला। साँझमा भने कुनै समाचारले मन खुसी रहला।

भाग्यशाली रङ पर्पल र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ४३, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ३५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले कमिला वा माछालाई चारो खुवाउने। कालो रङको प्रयोग नगर्ने।

वृष : पारिवारिक साथ र सुख मिल्नुका साथै खुसीको खबर सुन्न पाउनु हुनेछ। नयाँ ठाउँको रमाइलो यात्रा हुनेछ। चिताएको कामले तीव्रता लिनेछ। स्वास्थ्य पनि सबल नै रहनेछ। प्रणय सम्बन्धको लागि समय उत्तम छ।

भाग्यशाली रङ हरियो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ६४, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७९ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८१, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको स्मरण गर्ने। अरूलाई सजिलै विश्वास नगर्ने।

मिथुन : कुनै कुराले मनमा खुसियाली छाउनेछ। कार्यक्षेत्र वा समाजमा कुरा काट्नेको सङ्ख्या बढे पनि दाजुभाइ र साथीले भरपुर सहयोग गर्नेछन्। नोकरी गर्नेले मानसम्मान पाउनेछन्। बहुप्रतीक्षित काममा सफलता हात पर्न सक्छ।

भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ८०, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५६ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ६२ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शिवजीको दर्शन गर्ने। आलटाल नगर्ने।

कर्कट : लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन। सामाजिक तथा न्यायिक क्षेत्रमा संलग्न व्यक्तिले राम्रै सफलता प्राप्त गर्नेछन्। धर्म र आस्था बढ्नेछ। रोकिएका काम सुरु हुनेछन्। नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५०, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। भरिसक्के लामो यात्रा नगर्ने।

सिंह : कमजोर भएको अनुभूति हुनेछ। मन भावुक र उत्ताउलो बन्नेछ। आफूलाई अनुशासित र संयम बनाउनु पर्छ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। अनावश्यक धन खर्च हुनेछ। मठमन्दिरको भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ।

भाग्यशाली रङ रातो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४२, सेयर बजारमा ३६, वैदेशिक कार्यमा ४० र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। अरूलाई नसताउने।

कन्या : गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। पढाइलेखाइमा राम्रो नतिजाका साथ सफलताको सिँढी चढ्न सकिनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७९, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५६ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीको दर्शन गर्ने। तनाव नलिने।

तुला : लामो समयदेखिका बाधा फुकुवा हुनेछन्। रोकिएको कामले तीव्रता लिनेछ। मित्रहरूबाट सहयोग जुट्नेछ। चिताएको काम सहजै सम्पादन हुनेछ। साथीको सहयोग र हौसला मिल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५५, सेयर बजारमा ५४, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले मनमा असल भाव राख्ने। कालो रङको प्रयोग नगर्ने।

वृश्चिक : चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। प्रेमका कोपिला फक्रिएर जानेछन्। मान्यजनको सुझाव अप्रिय लाग्नेछ।  आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। राज्यस्तरबाट लोभलाग्दा अवसर प्राप्त हुने सम्भावना छ।

भाग्यशाली रङ सेतो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ८३, व्यापारमा ५५, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। छलकपट नगर्ने।

धनु : आयव्यय बराबरी हुने खालको समय छ। प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ। धन हात पनि पर्नेछ। सामाजिक कार्य गर्दा मानप्रतिष्ठा कायम राख्न गोपनीयतामा ध्यान पुर्‍याउनुहोला।

भाग्यशाली रङ खैरो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ४१, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अशक्तलाई सहयोग गर्ने।

मकर : धार्मिक तथा सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। नयाँ र शुभ समाचार सुन्न पाइएला। प्रेम सम्बन्धमा मधुरता छाउनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७८, सेयर बजारमा ८६, वैदेशिक कार्यमा ७६ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृद्ध तथा रोगीलाई सहयोग गर्ने। उत्तर दिशा नजाने।

कुम्भ : रोकिएको कार्य पुन: सुचारु हुन सक्छ। हाँसखेल र मनोरञ्जनपूर्ण समय रहनेछ। नयाँ र शुभ कार्यको योजना बनाउने र सृजनात्मक क्षमतालाई प्रस्फुटन गर्न सक्नुहुन्छ। परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला।

भाग्यशाली रङ रातो हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६१, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ६४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ७९ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। झुट नबोल्ने।

मीन : सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। आफ्नो चलाखीपनले कार्यसिद्ध हुन सक्छ। प्राविधिक कार्यमा लगाव बढ्नेछ। वैदेशिक कार्य कमजोर रहला। झैझगडा र मुद्दामामिलाबाट टाढिनु नै जाति हुन्छ।

भाग्यशाली रङ सेतो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६४, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले सत्य बोल्ने। भरिसक्के लामो यात्रा नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad