आज सोमबार, ५ फागुन २०८१ (१७ फेब्रुअरी २०२५)। हेर्नुस् आजको राशिफल-
मेष : अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। गरेका यात्रामा बिघ्नबाधा आइलाग्नेछ। शत्रुको गतिविधिले आत्मबल घटाउन सक्छ। नजिकका व्यक्तिबाट कार्यमा बाधा आइपर्ला। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ।
भाग्यशाली रङ निलो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५६, व्यापारमा ६६, सेयर बजारमा ५३, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।
वृष : मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। लामो समयदेखि रोकिएका काम पुनः सुरु हुन सक्छन्। नयाँ काम सुरु गर्ने समय पनि छ। विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। प्राविधिक क्षेत्रमा रुचि बढ्ला। राज्यबाट मान सम्मान पाइनेछ।
भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ८०, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ६२ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निलो रङको प्रयोग नगर्ने। सजिलै अरूको विश्वास नगर्ने।
मिथुन : सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। आँटेको र ताकेको कार्य पूरा होला। खानपिनको विविध परिकार खान पाइनेछ। विश्वासपात्र वा आफन्तले काममा साथ दिनेछन्।
भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।
कर्कट : मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट फाइदा पुग्नेछ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। नयाँ रोजगारीको अवसर मिल्ला। सामाजिक तथा राजनीतिक कार्यमा रुचि बढ्नेछ। पुँजी बजारले साथ दिनेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। अरूको कुभलो नचिताउने।
सिंह : शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। लेनदेनमा दुविधा उत्पन्न होला। नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर गुम्न सक्छ। आफन्तसँग मनमुटाव बढ्ने तथा गलत आश्वासन बाँड्नाले समस्या आउन सक्छ।
भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
कन्या : साथीभाइसँग समय बित्नेछ। धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। सेयर बजारमा लगानीका लागि नयाँ योजना बन्नेछ। सानो कुरामा चित्त दुख्ने बानीले प्रेम जीवनमा अप्ठ्यारो पार्न सक्छ।
भाग्यशाली रङ सेतो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। छलकपट नगर्ने।
तुला : घरपरिवारसँग रमाइलो तरिकाले समय बित्नेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ।
भाग्यशाली रङ हरियो हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ३८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।
वृश्चिक : पारिवारिक जमघटमा सहभागिताको अवसर मिल्नेछ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ला। कला र गलाको प्रभाव बढ्नेछ। आँटे-ताकेको पूरा होला। शुभकार्य या धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ।
भाग्यशाली रङ गुलाबी र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ७१, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।
धनु : यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला। अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ। कार्यमा अवरोध आउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ।
भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
मकर : नजिकका व्यक्तिबाट कार्यमा अवरोध हुने र मनमुटाव बढ्न सक्छ। मन भावुक र उत्ताउलो बन्ला। स्वास्थ्य तथा सुन्दरतामा धन खर्च बढ्नेछ। मध्य दिनबाट दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्।
भाग्यशाली रङ पहेँलो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।
कुम्भ : लाभदायक यात्रा रहनेछ। साथीभाइबाट बढी फाइदा लिने समय छ। राजनीतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। पुँजी बजारले भरपुर साथ देला। मानसिक चिन्ता बढ्ने र केही तनाव बढेको महसुस हुनेछ।
भाग्यशाली रङ खैरो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ४४, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। अरूको ईर्ष्या नगर्ने।
मीन : सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। महिला वर्गबाट विशेष सहयोग होला। विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। पुँजी बजारले पनि साथ दिनेछ। लाभदायक यात्रा रहला।
भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ७२, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
Shares

प्रतिक्रिया