समाज


छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

नेपालखबर
फागुन २, २०८१ शुक्रबार १३:४, काठमाडौँ

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनाामा चार जनाकोक मृत्यु भएको छ।  रूपन्देही, सिद्धार्थनगर नगरपालिका- १२ आवारोडस्थित सडकमा लु ६१ प ६९९० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री भैरहवा बस्ने गुल्मी शान्तिपुर घर भएका ४५ वर्षीय खेम बहादुर गुरूङको बिहीबार साँझ मृत्यु भएको छ।

गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। 

बारा, आदर्शकोतवाल गाउँपालिका(७ कोतवालीस्थित सडकमा बीआर ०५ एई ८०४४ नम्बरको मोटरसाइकल र बिआर ३२ जि ७२७८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार बेलुकी दुर्घटना हुँदा बिआर ३२ जि ७२७८ नम्बरको मोटरसाइकलमा सवार सिम्रोनगढ नगरपालिका(२ महुआई टोल बस्ने २२ वर्षीय प्रदिप साह र बीआर ०५ एई ८०४४ नम्बरको मोटरसाइकलमा सवार बारागढी गाउँपालिका(४ सुखीपथरा बस्ने ५१ वर्षीय शिवदयाल प्रसाद साहको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको एलएस न्युरो अस्पताल परवानिपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार ३ जना मध्ये २ जनाको सोही अस्पतालमा र १ जनाको राज लक्ष्मी रिलिफ अस्पताल कलैयामा उपचार भइरहेको छ।

चितवन, भरतपुर महानगरपालिका १० बिशालचोक नजिक सडकमा ना६४ प ५९३८ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा चालक सोही महानगरपालिका १० डेरा गरी बस्ने पर्सा वीरगंज घर भएका २८ वर्षीय श्रीवास्तवको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad