कला


अशोक दर्जीको मुख्य भूमिका रहेको फिल्म ‘मन बिनाको धन’को छायांकन सुरु

अशोक दर्जीको मुख्य भूमिका रहेको फिल्म ‘मन बिनाको धन’को छायांकन सुरु

नेपालखबर
फागुन २, २०८१ शुक्रबार १३:१०, काठमाडौँ

अशोक दर्जीको मुख्य भूमिकामा बन्ने फिल्म ‘मन बिनाको धनु को शुभ मुहूर्त गरिएको छ। शुक्रवार बिहान कोटेश्वर महादेव मन्दिरमा पुजा गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो।
 
शुभमुहूर्त सरोज खनालले क्ल्याप,युवा व्यवसायी टिका बुढाथोकीले नरिवल फोरेका थिए। त्यस्तै, बाल गायक तथा कलाकार अशोक दर्जी र सन्तोष पन्तले मुहर्त सर्ट दिएका थिए। त्यसैगरि, आजबाटै फिल्मको छायांकन समेत सुरू गरिएको छ। 

यो फिल्म गायक एवं संगीतकार टंक बुढाथोकीले निर्माण तथा निर्देशनमा बन्ने लागेको हो। आफ्नो हिट गीत ‘मन बिनाको धन’ शीर्षकमा बन्ने फिल्ममा अशोकसहित सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा,बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, लगायतका कलाकारको अभिनय रहनेछ।

फिल्मको कथा बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन्। सामाजिक विषयवस्तुमा निर्माण हुने चलचित्रलाई बैंकटेश इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको छ। चलचित्रको निर्माता बिष्णु माया मैनाली र सह निर्माता जीपी संग्रौला,लक्ष्मी गिरि,विवेक नेपाल विजया पाण्डे हुन् भने मिनु शर्मा ९सपना० कार्यकारी निर्मातामा रहेका छन्।

अशोक दर्जी पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत चर्चामा आएका हुन्। गीतमा टंक बुढाथोकीको संगीत रहेको छ। दर्जी हाल काठमाडौंमा कक्षा ८ मा अध्ययनरत छन्।

टंक बुढाथोकी संगीत रहेको सौरभ लामाको छायांकन,कविराज गहतराजको कोरियोग्राफी,मित्र डी।गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहने छ। चलचित्रमा अरुण रेग्मी र अर्जुन पोखरेल प्रोडक्सन मेनेजर रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad