ad ad

समाज


आजैदेखि थुनुवा छाड्न थालियो, एक वर्षभन्दा कम सजाय तोकिएकालाई पैसा तिराएर छाडिँदै

आजैदेखि थुनुवा छाड्न थालियो, एक वर्षभन्दा कम सजाय तोकिएकालाई पैसा तिराएर छाडिँदै

उजिर कार्की
चैत १०, २०७६ सोमबार ११:१५,

सरकारले आजदेखि थुनुवा छाड्न थालेको छ। पहिलो चरणमा सोमबार देशभरका जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहार मुद्दामा कारागारमा रहेकाहरुलाई छाडेको छ। 

डिल्लीबजार कारागारबाट १५ जना छुटेका छन्। जिल्ला प्रशासन कार्यालय ललितपुरले नख्खु कारागारबाट ५ जना छोडेको छ। यही मुद्दाका अरु ६ जनालाई पनि छाड्न प्रशासनले प्रक्रिया अगाडि बढाएको छ।

सर्वोच्च अदालतको आदेशपछि थुनुवा छाड्ने प्रक्रिया अगाडि बढाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए। अभद्र व्यवहारमा जिल्ला प्रशासन कार्यालयले नै निर्णय गर्न सक्छ। आज धेरै जनालाई छाड्न लागिएको जानकारी दिँदै प्रजिअ दाहालले भने, ‘भरेसम्ममा छुट्ने सबैको आउला।’

देशभर यो प्रक्रिया सुरु भइसकेको कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कणेलले बताए। अघिल्लो महिनाको तथ्यांक अनुसार देशभर अभद्र व्यवहार मुद्दामा करिब डेढ सय जना थुनामा छन्।

यस्तै जिल्ला अदालतहरुले पनि एक वर्षभन्दा कम सजाय तोकिएका र सुधारगृहमा रहेका बालबालिकाहरुलाई छाड्ने प्रक्रिया सुरु गरेको छ। बालबालिकालाई अविभावकको जिम्मा लगाउने तयारी गरिएको र अन्य कैदीलाई दैनिक तीन सय रुपैयाँका दरले कैदवापत तिराएर छाड्न लागिएको हो।

कारागार कार्यालय धादिङमा रहेका ९ जना कैदीलाई दैनिक ३ सय रुपैयाँ लिएर छाडिएको छ।

यस्तो व्यवस्था कानुनमा भएपनि यसबीचमा कार्यन्वयनमा थिएन। तर सर्वोच्चको पूर्ण इजलासले यो निर्णय कार्यन्वयन गर्न आदेश दिएको हो।

जिल्ला अदालतमा अब यस्ता कैदीले निवेदन दिन सक्छन्। उनीहरुको निवेदनमाथि सर्वोच्चले आदेश दिएपछि उनीहरुलाई छाडिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .