निर्देशक ज्ञानेन्द्र देउजाले सुपरहिट सिनेमा ‘झिँगेदाउ’को सिक्वेलको तयारी अघि बढेको छ।
सोमबार संगीतकार अर्जुन पोखरेललाई संगीत निर्माणको जिम्मेवारी दिँदै ‘झिँगेदाउ २’को प्रि-प्रोडक्सनको सुरु भएको निर्देशक देउजाले बताए।
यस फिल्ममा समेत अभिनेत्रीद्वय केकी अधिकार र आँचल शर्मा तथा अभिनेताद्वय मुकुन भुसाल र कुशल विष्ट नै दोहोरिने निर्देशक देउजाले जानकारीले दिए।
साथै एक अभिनेता र एक अभिनेत्री थपहुने समेत उनको भनाइ छ।
फिल्मको पहिलो भागको अन्त्य जहाँ गरिएको थियो, सोही बिन्दुबाट कथा सिक्वेलमा उठान गरिने निर्मातासमेत रहेका निर्देशक देउजाले बताए।
कपनगढी सिनेमा प्रालिको ब्यानरमा निर्माण हुने सिनेमाका निर्माता सुलभ प्रतीक देउजा र समीक्षा देउजा हुन्।
फिल्ममा विष्णु कल्पितको छायांकन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व निर्देशक र मित्र डि गुरुङको सम्पादन रहनेछ।
वैशाख दोस्रो हप्ताबाट फ्लोरमा निस्कने तयारीमा रहेको फिल्म २०८२ सालभित्रै प्रदर्शन गर्ने तयारी छ।
Shares

प्रतिक्रिया