समाज


देवघाटको झोलुङ्गे पुल जीर्ण बनेपछि जोखिममा

देवघाटको झोलुङ्गे पुल जीर्ण बनेपछि जोखिममा

नेपालखबर
माघ २७, २०८१ आइतबार १५:२८, दमौली (तनहुँ)

तनहुँको देवघाट र चितवन जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुल जीर्ण बनेपछि स्थानीयवासीले वैकल्पिक पुलको माग गरेका छन्। सो पुल हुँदै दैनिक हजारौँ भक्तजनले आवतजावत गर्ने गर्छन्। पुल जीर्ण भएकाले जोखिमपूर्ण बनेको स्थानीयवासीको भनाइ छ।

विसं २०३७ मा सो पुल निर्माण भएको थियो। अब पुल यात्रु धान्न नसक्ने अवस्थामा जीर्ण बनेको स्थानीय शिवराज पौडेलले बताए। एकै पटकमा सयौँले पुल तर्दा पिङझैँ हल्लने गरेको उनले बताए। उनले भने, ‘अब यो पुलको विकल्प खोज्नुपर्ने बेला आएको छ।’

देवघाट जान हाल उक्त झोलुङ्गे पुलबाहेक ठिमुरा, दासढुङ्गा र नवलपुर जोड्ने हर्दीमा पक्की पुल सञ्चालनमा छ। तर देवघाट जाने अधिकांश भक्तजनले चितवनको आपँटारी हुँदै यही पुल प्रयोग गर्छन्।

देवघाट गाउँपालिका–५ का अधिकांशले चितवनको भरतपुर आउन सबैभन्दा छोटो दूरीको रुपमा सो पुल प्रयोग गर्दै आएका छन्। पुलबाट दैनिक सयौँ मोटरसाइकल वारपार गरिँदै आएको छ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उक्त पुल मर्मतसम्भार गरेर मात्र नहुने अवस्थामा पुगेको बताए। यहाँ पक्की पुलकै आवश्यकता देखिएको उनले बताए। उनले भने, ‘गाउँपालिकाको स्रोत साधनले सम्भव छैन। प्रदेश सरकार र सङ्घीय सरकारले पहलकदमी लिनुपर्छ।’ रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad