भ्रष्टाचार मुद्दाका कारण नेपाल टेलिकमको प्रबन्ध निर्देशकबाट निलम्बित सुनील पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक छँदा उनले ठेकेदारसँग बैंक खातामै घुस लिएको प्रमाणसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
आर्थिक वर्ष २०७४/७५ मा आह्वान गरिएको बोलपत्र सप्लाइ, डेलिभरी, इन्स्टलेसन अफ सेक्युरिटी अप्लाइएन्सेस एन्ड नेटवर्क इक्विपमेन्टको खरिदमा केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलले मिलेमतोमा बोलपत्र तयार गरी प्रस्तावसमेत स्वीकार गरेको पाइएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।
पौडेलले एफ फाइभ कम्पनीका प्रतिनिधि भारतीय नागरिक दीपक आनन्दसँगको मिलोमतोमा ३ वटा कम्पनीबाट कोटेसन प्राप्त गरे गराएको देखाएको, त्यसैका आधारमा मातहत कर्मचारीहरूबाट स्पेसिफिकेसन तयार गर्न लगाएको, आफैले लागत अनुमान स्वीकृत गरेको र बोलपत्र आह्वान गरेको अनुसन्धानबाट देखिएको छ।
वास्तविक मूल्य अमेरिकी डलर ६ लाख ७६ हजार रहेको ठेक्कामा पौडेललाई २ लाख ८० हजार डलर अर्थात् नेपाली रुपैयाँ ३ करोड ८ लाख ५० हजार ४०० घुस दिएको ठेकेदार कम्पनीले दिएको भेटिएको अख्तियारले जनाएको छ। उक्त रकम सिंगापुरको बैंक खातामा जम्मा भएको अख्तियारको भनाइ छ।
सम्बन्धित खबर:
नेपालमा सरकारी पदमा बसेर सुनील पौडेलको ठेक्का कारोबार, सिंगापुरको बैंकमा १३ करोड घूस
सिंगापुरको चाङ्गी एयरपोर्टमा सुनील पौडेलको सपिङ : सेतो सुनको गहना मात्र ४० लाखको
| भ्रष्टाचारमा सुनील पौडेल शैली : नेपालमा ठेक्का, सिंगापुरमा कमिसन |
सुनील पौडेलविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा, २३ करोडको अवैध सम्पत्ति रहेको निष्कर्ष
सुनील पौडेलविरुद्ध चौथो मुद्दा : ७७ लाख बिगो, तेब्बर जरिवाना माग
सुनील पौडेल र विकल पौडेलविरुद्ध थप मुद्दाको तयारी, केके छन् आरोप?
| पेमेन्ट गेटवे प्रकरणमा सुनील पौडेल भ्रष्टाचारी ठहर, सचिव मधु मरासिनीलाई सफाइ |
Shares

प्रतिक्रिया