समाज


कमला खोलामा अवैध उत्खनन् : १३ ट्रयाक्टर, दुई बकेट र पाँच चालक नियन्त्रणमा

कमला खोलामा अवैध उत्खनन् : १३ ट्रयाक्टर, दुई बकेट र पाँच चालक नियन्त्रणमा

नेपालखबर
माघ २४, २०८१ बिहिबार १५:२०, काठमाडौँ

धनुषा र सिरहा जोड्ने कमला खोलामा अवैध उत्खनन भइरहेको छ। बुधबार राति मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खोला निरीक्षण गर्नेक्रममा धनुषा गणेशमान चारनाथ  नगरपालिका ७ स्थित पोर्ताहा क्षेत्रमा मापदण्ड विपरीत खोला उत्खनन् गरिरहको भेटिएको हो।

धनुषा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक बरुण सिंहले मुख्यमन्त्री सिंहको अगुवाइमा भएको निरीक्षणमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेका १३ ट्रयाक्टर, दुईवटा बकेट र पाँचजना चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिए।

मुख्यमन्त्री सिंहले विधि, प्रक्रिया र मापदण्डविपरीत प्राकृतिक स्रोतको उत्खनन् तथा जथाभावी दोहनबाट राज्यको सम्पत्ति हानीनोक्सानी भएको तथा विपत् निम्तिँदै आएकाले त्यसविरुद्ध आफूले निरीक्षण गरेको बताए। 

उनले राजमार्गभन्दा उत्तर र दक्षिणपट्टि कमला खोलालगायत अन्य नदीबाट अनाधिकृत ढङ्गले ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् भइरहेको गुनासा आएपछि मध्यरातमा अनुगमन गरेको उनेल प्रस्ट्याए।

मुख्यमन्त्रीको अनुगमन टोलीमा सम्मिलित धनुषाका प्रहरी प्रमुख एवम् उपरीक्षक भुवनेश्वर तिवारीले प्राकृतिक साधनस्रोतको अनाधिकृत दोहन गरेर गलत तरिकाले पैसा कमाउने प्रवृत्ति बढेको भन्दै यसविरुद्ध कडाइका साथ प्रहरी परिचालन हुने बताए।

उनले यस विषयमा आफूसमेत सदस्य रहेको जिल्ला अनुगमन समितिको बैठक बस्ने र अवैध तथा अनाधिकृत दोहन रोक्न आवश्यक थप कदम चालिने उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad