समाज


तीन जिल्लाबाट चितवन आएका सरकारी वकिलले सके रविविरुद्धको बहस

तीन जिल्लाबाट चितवन आएका सरकारी वकिलले सके रविविरुद्धको बहस

नेपालखबर
माघ २४, २०८१ बिहिबार ११:३७, चितवन

सहारा चितवन सहकारी ठगी मुद्दामा रवि लामिछानेविरुद्ध बहस गर्न तीन जिल्लाबाट चितवन जिल्ला अदालत आएका सरकारी वकिलले बहस सकेका छन्। 

बिहीबार बिहान बाराका जिल्ला न्यायाधिवक्ता शम्भुकुमार बस्नेत, पर्साका भोलानाथ निरौला र धादिङका दशरथ पंगेनीले रविविरुद्ध थुनछेक बहस गरेका हुन्। 

उनीहरूको बहसपश्चात् सहकारी पीडित जाहेरवालाहरूका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू सुरेन्द्र भण्डारी र रामचन्द्र गौतमले बहस गर्दै छन्। 

उनीहरूले बहस सकेपछि प्रतिवादी रवि पक्षका अधिवक्ताले बहस गर्ने अदालतले जनाएको छ।

रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता जगन्नाथ पौडेलले बहस गर्ने तालिका छ।

न्यायाधीश दयाराम ढकालको इजलासमा बुधबार बयान सकिएपछि थुनछेक बहस सुरु भएको हो। 

चितवनमा रविसहित ३२ जनालाई प्रतिवादी बनाउँदै मंगलबार दोस्रो चरणको अभियोगपत्र दर्ता भएको थियो। अभियोग दर्ता भएको भोलिपल्टै उनी अदालतमा हाजिर भएका थिए। 

चितवनमा रविलाई सहारा सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ। गोर्खा मिडिया नेटवर्कबाट सहकारीको १० करोड ८० लाख १ हजार १५१ रुपैयाँ ६ पैसा अपचलन गरेको अभियोग छ। यसमा रवि, छवि, जीबी र कुमार रम्तेलको संलग्नता रहेको दाबी छ। 

उनीसहित २० जनालाई ठगीमा प्रतिवादी बनाइएको छ। अरु १२ जनालाई मात्रै संगठित अपराधमा पनि प्रतिवादी बनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad