काभ्रेपलान्चोकको बनेपा नगरपालिका ८ स्थित सिनागालमा रहेको अग्नि बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई जाहेरी दिन प्रहरीले आह्वान गरेको छ।
बचतकर्ताले सहकारीमा जम्मा गरेको रकम फिर्ता माग्न जाँदा नदिएको भन्दै कानुनन बमोजिम कारबाहीको माग गर्दै यसअघि केहीले जाहेरी दिएका छन्।
६६ जना पीडित बचतकर्ताले जाहेरी दिएपछि प्रहरीले ठगी मुद्दामा अनुसन्धान अगाडि बढाएको छ। उनीहरूको जाहेरीपछि सहकारीका अध्यक्ष रविन्द्र श्रेष्ठ समेतले ठगी गरेको पाइएको प्रहरीको दाबी छ।
उनी र उक्त सहकारीका सञ्चालकबाट ठगिएको भए समयमै जाहेरी दरखास्त दिन प्रहरीले बचतकर्तालाई आह्वान गरेको हो।
सहकारीमा रकम जम्मा गरेको पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दती प्रमाणपत्र समेतका कागजातहरू समेत राखेर जाहेरी दिन जिल्ला प्रहरी कार्यालय काभ्रेले आह्वान गरेको हो।

Shares

प्रतिक्रिया