समाज


किताबखानाका अधिकृत धनेश्वर प्रसाईविरुद्ध भ्रष्टाचार मुद्दा

किताबखानाका अधिकृत धनेश्वर प्रसाईविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
माघ २०, २०८१ आइतबार १५:२७, काठमाडौँ

राष्ट्रिय किताबखाना (शिक्षक) छाउनी, काठमाडौंमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाखा अधिकृत प्रसाईंलाई तीन लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो।

उनले पेन्सनपट्टा बनाई दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरेको अख्तियारले जनाएको छ।

सो सम्बन्धी सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले प्रसाईंलाई सेवाग्राहीबाट ३लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको थियो।

अख्तियारले प्रसाईंविरुद्ध आइतबार विशेष अदालतमा आरोप–पत्र दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad