समाज


अर्घाखाँचीमा टिपरले अटोरिक्सालाई ठक्कर दिँदा एकको मृत्यु, दुई घाइते

अर्घाखाँचीमा  टिपरले अटोरिक्सालाई ठक्कर दिँदा एकको मृत्यु, दुई घाइते

विष्णुकुमार आले
असार २०, २०७६ शुक्रबार ५:२४,

अर्घाखाँचीमा टिपरले अटोरिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान गोरूसिङ्गेबाट वीरपुर जाँदै गरेको रा १ ख १६३९ नम्बरको टिपरले भेलाईबाट गोरूसिङ्गे जाँदै गरेको लु १ ह २५१२ नम्बरको अटोरिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा अर्घाखाँची सितगंगा २ सितापुर नेपानेका ५५ वर्षीय हरि वली रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको पथ्थरकोट प्रहरीले जनाएको छ। त्यस्तै दुर्घटनामा वलीकी श्रीमती ५० वर्षीया सीता वली गम्भीर र रिक्साका चालक कपिलवस्तु बुद्धभूमि १ भेलाईका ५० वर्षीय  तारा बहादुर टण्डन सामान्य घाइते भएका छन्।

घाइतेको ४ नम्बर सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad