अछामको कमल बजार नगरपालिका- १मा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।
कमल बजारबाट तुर्माखाँद जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१० ०८ प ४०३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ७२ वर्षीया मैसरा ढकालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख ईश्वरीप्रसाद भण्डारीले बताए।
मोटरसाइकल चालक तुर्माखाँद गाउँपालिका- ५ का २३ वर्षीय लक्ष्मणबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
33
Shares

प्रतिक्रिया