ग्लोबल


अमेरिकामा १६ वर्षपछि ठूलो विमान दुर्घटना

४३ वर्षअघि सोही नदीमा भएको दुर्घटनामा ७८ जना मारिएका थिए
अमेरिकामा १६ वर्षपछि ठूलो विमान दुर्घटना

नेपालखबर
माघ १७, २०८१ बिहिबार १६:१,

अमेरिकामा धेरैको ज्यान जानेगरी विमान दुर्घटना नभएको १६ वर्ष बितिसकेको थियो। फेब्रुअरी २००९ मा न्युयोर्कमा कन्टिनेन्टल एयरलाइन्सको विमान एउटा घरमा ठोक्किएको थियो।

सो दुर्घटनामा बमबार्डियर क्यू४०० विमानमा रहेका ४९ जनाको ज्यान गएको थियो।

अमेरिकी एयरलाइन्सकै विमान भने २००१ मा जोन एफ केनेडी इन्टरनेसनल एयरपोर्टमा दुर्घटनाग्रस्त भएको थियो। सो एयरबस ए३०० दुर्घटनामा २६५ जनाको मृत्यु भएको थियो।

२००९ मा यूएस एयरवेजको विमान न्युयोर्कको लागार्डिया विमानस्थलबाट उड्नेबित्तिकै चरासँग ठोक्किएर दुवै इन्जिन फेल भएपछि पाइलटले विमानलाई हड्सन नदीमा उतारेका थिए। जसमा १५५ जना यात्रु सबैको ज्यान जोगिएको थियो।

वासिङ्टनमा ६४ जना सवार विमान र सेनाको हेलिकोप्टर ठोक्किनुअघि एयर ट्राफिक कन्ट्रोलले  हेलिकोप्टरलाई चेतावनी दिएको बताइएको छ। तर हेलिकोप्टरका तर्फबाट कुनै जवाफ प्राप्त नभएको बताइएको छ।

४३ वर्षअघिको त्यो दुर्घटना
१३ जनवरी १९८२ मा एयर फ्लोरिडाको विमान वासिङ्टन नेसनल एयरपोर्टबाट उड्नेबित्तिकै पोटोम्याक नदीको पुलमा ठोक्किएको थियो। 

त्यो दुर्घटनामा ७८ जनाको ज्यान गएको थियो।

नदीमा खसेर टुक्राटुक्रा हुनुअघि सो विमानले कयौँ कारलाई पनि ठक्कर दिएको थियो।

हिमआँधीका कारण विमानस्थल बन्द थियो। विमानस्थल खुल्नेबित्तिकै सो विमान उडेको थियो। तर, सो बोइङ ७३७ ३५० फिटको उचाइमा पुग्नेबित्तिकै पुलमा ठोक्किएको थियो।

विमानमा सवार पाँच जना मात्र बाँच्न सफल भए। 

विमानमा पाइलट पेसा गर्ने जोसेफ स्टिली यात्रुका रुपमा सवार थिए। पछि उनले विमान उड्नुअघि नै आफूलाई दुर्घटना हुने थाहा भइसकेको बताएका थिए। ‘किनकि विमान राम्ररी गुडिरहेको थिएन,’ उनको भनाइ थियो। 

मारिएका मध्ये ४ जना पुलमा रहेका गाडीमा सवार थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad