प्रधानमन्त्री केपी शर्मा ओलीले गुट्खा लगायतका पदार्थ नखान आग्रह गरेका छन्।
बिहीबार आठौँ चेम्बर एक्सपोलाई सम्बोधन गर्दै उनले त्यसले क्यान्सर निम्त्याउने समेत बताए। ‘सिगरेट नखाउ भनेर छोडेको छ र सकैले? रक्सी नखाउ भनेर आयात कम भएको छ?,’ ओलीले भने, ‘त्यसो भएर बानी बिग्रेको मान्छेले त्यो चालु नै राख्छ। तर, यो राम्रो होइन। मेरो फेरि पनि आग्रह छ–यो गुट्खा नखानुहोस्। मुखमा क्यान्सर नल्याउनुहोस्।’
उनले खराब बानी त्यागेर राम्रो बानी बसाल्नुपर्नेमा समेत जोड दिए।
141
Shares

प्रतिक्रिया