नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीको कार्यकाल माघ २६ गते सकिँदै छ।
उनको तीन वर्षे कार्यकाल सकिने भएपछि आजबाट विदामा बसेका हुन्।
कार्की २०७८ माघ २० गते तीन वर्षे कार्यकालका लागि नेप्सेको सीईओमा नियुक्त भएका थिए।
उनी अगाडिका सीईओ चन्द्र सिंह साउद सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रकरणमा मुछिएसँगै पदबाट राजीनामा दिएपछि सरकारले खुला प्रतिस्पर्धाबाट कार्कीलाई ३ वर्षको लागि सीईओ बनाएको थियो।
नेप्सको सीईओ रहँदै नेपाल धितोपत्र बोर्डको अध्यक्षमा उम्मेदवारी दिए पनि सिफारिसमा भने पर्न सकेनन् ।
उनी सरकारका अवकाशप्राप्त उपसचिव हुन्। उनले गृह मन्त्रालयमा लामो समयसम्म प्रशासकको रुपमा काम गरेका थिए। केसी प्रमुख जिल्ला अधिकारी पनि भएका थिए। उनी बूढीगण्डकी जलविद्युत् आयोजनाका संयोजक समेत थिए।
Shares

प्रतिक्रिया