खेल


यूईएफए च्याम्पियन्स लिग यी हुन् अन्तिम १६ मा पुगेका टोली

यूईएफए च्याम्पियन्स लिग यी हुन् अन्तिम १६ मा पुगेका टोली

नेपालखबर
माघ १७, २०८१ बिहिबार ८:२, काठमाडौँ

लिभरपुलसँगै बार्सिलोना, आर्सनल, इन्टरमिलान, एथलेटिको मड्रिड, बायन लिभरकुसेन, लिलि र एस्टोन भिल्ला शीर्ष ८ मा रहेर युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेका छन्। 

बुधबार राति भएको लिग चरणको खेलमा पिएसभीसँग ३-२ ले पराजित भएसँगै लिभरपुलले अपराजित यात्रालाई पूर्ण विराम लगाएको हो। 

लिभरपुलले अब अन्तिम १६ मा मोनाको, ब्रेस्ट, पीएसजी र बेन्फिका मध्य एक टोलीसँग खेल्नेछ। बार्सिलोनाभने अर्को टोलीसँग खेल्नेछ। तेस्रो स्थानको आर्सनलले युभेन्टस, फेयनोर्ड, एसीमिलान र पिएसभीविरुद्ध खेल्नेछ। अन्तिम १६ का लागि ड्र २१ फेबु्रअरीमा हुनेछ। 

अंक तालिकाको नवौँ देखि २४ स्थानसम्म रहने टोलीले प्लेअफ खेल्नेछन्। प्लेअफ खेलको तालिका आज बिहिबार राति सार्वजनिक हुनेछ। ११ र १२ फेबु्रअरीमा प्लेअफको पहिलो लेग हुनेछ। दोस्रो लेग भने १८ र १९ फेब्रुअरीमा हुनेछ। 

गएराति भएकै खेलमा बार्सिलोनाले एटलान्टासँग २-२ को बराबरी गर्दै अंक बाँडेको हो। तेस्रो स्थानको आर्सनलले भने जिरोनालाई २-१ ले हराउँदै १९ अंकमा तेस्रो स्थानमा छ। 

समान १९ अंक भएको इन्टर मिलान चौथो स्थानमा छ। गएराति कै खेलमा इन्टर मिलानले भने मोनाको माथि ३-० को फराकिलो जित दर्ता गर्यो।

गएराति कै अन्य खेलमा बायन म्युनिखले स्लोभान स्लोभानलाई ३–१ ले तथा बोरुसिया डर्टमुनले सख्तर डोनेस्कलनई ३-१ ले नै हरायो। 

रियल मड्रिडले भने ब्रष्टमाथि ३-० को फराकिलो जित निकाल्यो। म्यानचेष्टर सिटीले क्लब ब्रुगमाथि ३-१ कै जित निकाल्यो। एथलेटिको मड्रिडले रेडबुल सालबर्गलाई ४-१ ले पाखा लगायो। पिएसजीले स्टुबर्गमाथि ४-१ कै फराकिलो जित दर्ता गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad