समाज


शिक्षक सेवा आयोगका रिक्त २ सदस्यका लागि ३१ जनाको आवेदन (नामावली)

शिक्षक सेवा आयोगका रिक्त २ सदस्यका लागि ३१ जनाको आवेदन (नामावली)

नेपालखबर
माघ १७, २०८१ बिहिबार ७:४, काठमाडौँ

शिक्षक सेवा आयोगको रिक्त दुई सदस्य पदमा नियुक्तिका लागि ३१ जनाले आवेदन दिएका छन्। यही माघ १ गते सूचना जारी गर्दै आयोगले दरखास्त आह्वान गरेको थियो। 

आयोगमा हाल एक सदस्य पद पद रिक्त छ भने अर्का एकजना सदस्यको पनि पदावधि सकिँदैछ। 

सदस्य पदमा नियुक्तिका लागि लोक सेवा आयोगका अध्यक्ष संयोजक रहेको छनोट समितिले १५ दिनको म्याद राखेर दरखास्त आह्वान गरेको थियो।  

समितिको सदस्यमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बराल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव दीपक काफ्ले सदस्य छन्। 

समितिले सार्वजनिक गरेको अन्तिम विवरण अनुसार आवेदन दिनेमा पूर्वसहसचिव केशवप्रसाद दाहाल, डा. भोजराज काफ्ले, रामशरण सापकोटा, युवराज सुवेदी, हिरामणि शर्मा, थानेश्वर गौतम, नवराज सापकोटा, दीपक खनाल छन्। 

त्यसैगरि राष्ट्रिय परीक्षा बोर्डका पूर्वसदस्यसचिव दुर्गा अर्याल, बोर्डकै पूर्वउपसचिव डा. रामचन्द्र पाण्डे,  शिक्षा मन्त्रालयका पूर्वउपसचिव
सुकदेव सापकोटा, अर्जुन रायमाझी, टङ्कप्रसाद गौतम, खेमनाथ पोखरेल लगायत छन्। 

आवेदन दिनेमा केही सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापक पनि रहेका छनोट समितिले जनाएको छ। 

नियम बमोजिम दरखास्त पेश गर्ने उम्मेदवारहरुका बीचमा योग्ता क्रम निर्धारण गरी उच्चतम अंक प्राप्त गर्ने उम्मेदवारलाई तोकिए बमोजिम आयोगको सदस्य नियुक्तिका लागि नेपाल सरकारसमक्ष सिफासिर गर्ने समितिकाे तयारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad