समाज


राशिफल १७ माघ : मेषको नयाँ सम्बन्ध जोडिने, कुम्भको प्रेममा अविश्वास उत्पन्न हुने, तपाईँको के?

राशिफल १७ माघ : मेषको नयाँ सम्बन्ध जोडिने, कुम्भको प्रेममा अविश्वास उत्पन्न हुने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
माघ १७, २०८१ बिहिबार ४:३९, काठमाडौँ

आज बिहीबार, १७ माघ २०८१ (३० जनवरी २०२५)। हेर्नुस् आजको राशिफल-

मेष : शुभकार्यको चर्चा चल्नेछ। सभासमारोहमा सरिक हुने सम्भावना छ। पुरानो समस्या सुल्झाउन सकिनेछ। नयाँ सम्बन्ध जोडिन सक्छ। स्वास्थ्यमा सुधार आउनेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६१, वैदेशिक कार्यमा ६४ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृष : नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ। भोजभतेरमा सहभागी भइएला। साथीहरूले भरपुर साथ दिनेछन्। काममा सोचेजस्तै सफलता मिल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६८, वैदेशिक कार्यमा ६९ र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। उत्तर दिशा नजाने।

मिथुन : बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। महत्त्वपूर्ण अवसर गुम्न सक्छ। मनमा दोधारको अवस्था सिर्जना होला। सामान हराउने योग छ। विपरीत वर्ग र मन मिल्ने साथीको सहयोग मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ६५ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। तामसिक भोजन नगर्ने।

कर्कट : प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ। छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। अधुरो वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। नोकरी गर्नेले मानसम्मान पाउने छन्।

भाग्यशाली रङ रातो हो भने अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

सिंह : लगनशीलताले रोकिएका कामहरू अगाडि बढ्नेछन्। मन पर्ने साथीको साथ र सहयोग पाउन सकिन्छ। धार्मिक कार्य सफल रहनेछ। प्रेम सम्बन्ध कसिलो होला। वैदेशिक क्षेत्रको कमबाट लाभ हुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ७८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

कन्या : कार्यक्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। परिश्रमअनुसार उपलब्धि राम्रै होला। लामो समयदेखि रोकिएका काम अघि बढ्नेछन्। लाभदायक भेटघाटलाई नकार्न सकिँदैन। प्रतिस्पर्धी परास्त होलान्।

भाग्यशाली रङ पर्पल र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६९, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

तुला : मन खिन्न हुने स्थिति आउनेछ। बनिसकेको काममा दुबिधा उत्पन्न हुनेछ। नियमित खर्च बढ्ला। सामाजिक कामको दायित्त्व बढ्नेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ४०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। झुट नबोल्ने।

वृश्चिक : धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। शुभ समाचार सुन्न पाइएला। आफन्त एवं परिवारजनबाट विशेष लाभ हुनेछ। चिताएको कामले तीव्रता लिनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढेर जानेछ।

भाग्यशाली रङ सेतो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। सजिलै अरूको विश्वास नगर्ने।

धनु : परीक्षा र शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। सहयोगीहरूले साथ दिनेछन्। काममा सोचेजस्तै सफलता मिल्नेछ। पेसा व्यवसायका क्षेत्रबाट फाइदा हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ५५, वैदेशिक कार्यमा ७० र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

मकर : यसअघि रोकिएको काम दोहोर्‍याएर गर्दा सम्पन्न हुनेछ। सामाजिक कार्यमा विशेष रुचि हुने देखिन्छ। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। स्वादिष्ट भोजनको आनन्द पाइएला।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

कुम्भ : शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ। मनोरञ्जनमा सहभागी भइनेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४९, व्यापारमा ४२, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मीन : बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइनेछ। यात्रामा सावधानी अपनाउनु होला। तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad