समाज


प्रेस सेन्टर नेपाल २१औँ वर्षमा प्रवेश, काठमाडौँमा प्रभातफेरी

प्रेस सेन्टर नेपाल २१औँ वर्षमा प्रवेश, काठमाडौँमा प्रभातफेरी

नेपालखबर
माघ १५, २०८१ मंगलबार ९:२०, काठमाडौँ

नेकपा माओवादी केन्द्रनिकट पत्रकारहरूकाे संस्था प्रेस सेन्टर नेपाल आज (माघ १५ गते) २० वर्ष पूरा जरी २१ओैँ वर्षमा प्रवेश गरेकाे छ।

माओवादी जनयुद्धका क्रममा २०६१ माघ १५ गते स्थापना भएको अखिल नेपाल क्रान्तिकारी पत्रकार संगठन विभिन्न आराेहअवराेह तथा संगठनबीच एकता, विभाजनका प्रक्रियापछि अहिले प्रेस सेन्टर नेपालका रूपमा क्रियाशील छ।

आफ्नो स्थापना दिवस प्रेस सेन्टरले आज देशभर कार्यक्रम गरी मनाउँदै छ। 

मंगलबार बिहान राजधानी काठमाडौँमा प्रभातफेरी कार्यक्रम आयाेजना गरिएको छ। प्रेस सेन्टरकाे केन्द्रीय कार्यालय बबरमहलबाट सुरु भएकाे माइतीघर पुगेर फेरि बबरमहलमै पुगेर समापन गरिएकाे थियाे।

कार्यक्रममा  माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकाेटा, प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकाेटा जुगल, महासचिव सन्ताेष पाैडेल, वरिष्ठ उपाध्यक्ष कमल गिरी, उपाध्यक्ष गाेविन्द देवकाेटा, पत्रकार महासंघका पूर्व अध्यक्ष गाेविन्द आचार्य, महासचिव ओम शर्मा लगायतकाे उपस्थिति थियाे।

स्थापना दिवसका अवसरमा विभिन्न जिल्लाहरूमा रक्तदान, अन्तरक्रिया, सहिद परिवार भेटघाट, सरसफाइलगायतका कार्यक्रम आयाेजना गरिएको महासचिव सन्ताेष पाैडेलले जानकारी दिए।

उनले स्थापना दिवसकै सन्दर्भमा आजै केन्द्रीय समिति बैठक पनि राखिएकाे बताए।

केन्द्रीय समिति बैठकले संगठनकाे पाँचौँ राष्ट्रिय महाधिवेशनबारे ठाेस निर्णय र कार्यतालिका सार्वजनिक गर्ने बताइएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad