स्नातकोत्तर तह अध्ययनरत आवासीय चिकित्सकलाई निर्वाह भत्ताको व्यवस्था कार्यान्वयन गरिने भएको छ।
सोमबार प्रधानमन्त्री एवम् चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो।
निजी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीलाई स्नातकोत्तर पहिलो वर्षमा २५ हजार, दोस्रो वर्षमा ३० हजार र तेस्रो वर्षमा ३५ हजार रुपैयाँ भत्ता दिने सहमति भएको हो।
बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलगायत उपस्थित थिए।

75
Shares

प्रतिक्रिया