समाज


रवि छाड्ने न्यायाधीशको आलोचना गरेका अधिवक्ता त्रिपाठीविरुद्ध सर्वोच्चमा मुद्दा

रवि छाड्ने न्यायाधीशको आलोचना गरेका अधिवक्ता त्रिपाठीविरुद्ध सर्वोच्चमा मुद्दा

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी


नेपालखबर
माघ ११, २०८१ शुक्रबार १३:४३, काठमाडौँ

सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिने न्यायाधीशको आलोचना गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध अदालतको अवहेलना अभियोगमा सर्वोच्च अदालतमा मुद्दा परेको छ।

अदालतको अवहेलनामा हदैसम्म कारबाही माग गर्दै दिलबहादुर राईले शुक्रबार सर्वोच्च अदालतमा निवेदन दिएका हुन्।

सहकारी ठगी अभियोगमा कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राई र काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीले रविलाई धरौटीमा छाड्न आदेश दिएपछि त्रिपाठीले उनीहरूमा कार्यक्षमताको अभाव देखिएको भनी टिप्पणी गरेका थिए।

जसविरुद्ध बहालवाला न्यायाधीशहरूले पनि बिहीबार संस्थागत विज्ञप्ति जारी गरी आपत्ति जनाएका छन्। 

पोखराको सूर्यदर्शन सहकारी ठगी अभियोगमा पूर्वगृहमन्त्री लामिछाने कास्की जिल्ला अदालतमा ६५ लाख र स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतमा ६० लाख रुपैयाँ धरौटी जम्मा गरी रिहा भएका हुन्।

हाल भने उनीविरुद्ध बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस भइरहेको छ। 

कास्की अदालतको आदेश त्रुटिपूर्ण रहेको जिकिर गरी रविलाई थुनामै राख्नुपर्ने माग राख्दै सरकारी पक्षले उच्च अदालतमा निवेदन पनि दिइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad