समाज


महाराष्ट्र रेल दुर्घटना : ४ नेपालीको मृत्यु, ४ घाइते (सूचीसहित)

महाराष्ट्र रेल दुर्घटना : ४ नेपालीको मृत्यु, ४ घाइते (सूचीसहित)

फाइल तस्बिर


नेपालखबर
माघ १०, २०८१ बिहिबार १६:१९, काठमाडौँ

भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा ज्यान गुमाउने नेपालीको संख्या ४ पुगेको छ। त्यस्तै ४ जना घाइते भएका छन्। 

महाराष्ट्रको जलगाउँमा बुधबार दिउँसो भएको दुर्घटनामा ४ नेपालीसहित १३ जनाको मृत्यु भएको छ। 

महाराष्ट्र सरकारबाट दिल्लीस्थित नेपाली दूतावासलाई प्राप्त विवरण अुनसार मृत्यु हुने ४ नेपालीमा ११ वर्षीय हिमु नन्दराम विश्वकर्मा (कोसी प्रदेश), ४० वर्षीय लच्छी राम पासी, ४३ वर्षीया कमला नवीन भण्डारी र ६० वर्षीया जवकला भाटे जयकाडी (अछाम) रहेका छन्। 

त्यस्तै घाइते हुनेहरुमा अछाम मंगलसेनकी ३८ बर्षीया ह्युजला सावन्त, मंगलसेनकै  ८ वर्षीय धर्मबहादुर सावन्त, दैलेखकको दुल्लु नगरपालिकाका १८ वर्षीय दीपक थापा र दुल्लुकै २५ वर्षीया मञ्जु परिहा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad