समाज


नवजात शिशु र २१ वर्षीया सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

नवजात शिशु र २१ वर्षीया सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

फाइल तस्बिर


नेपालखबर
माघ ९, २०८१ बुधबार १०:३५, सोलुखुम्बु


सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–६ मुक्लिबाट नवजात शिशु  र आमाको उद्धार गरिएको छ।

थुलुङ दुधकोशी-२ की २१ वर्षीय शर्मिला बस्नेत र उनले जन्माएको नवजात शिशुको आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।  

थुलुङ दुधकोसी अस्पतालमा मङ्गलबार शिशुको जन्म भए पनि जटिल स्वास्थ्य अवस्था देखिएपछि आमा र नवजात शिशुको उद्धार गरिएको स्थानीय प्रशासनले जनाएको छ।

राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत हेलिकप्टरमार्फत् आमा र नवजात शिशुलाई उपचारका लागि काठमाडौँ लगिएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले जानकारी दिए। 

आमा र बच्चालाई थापाथलीस्थित प्रसूतिगृहमा भर्ना गरिएको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad