ad ad

समाज


गड्डाचौकी नाकामा न उपकरण, न पर्याप्त जनशक्ति

गड्डाचौकी नाकामा न उपकरण, न पर्याप्त जनशक्ति

गोकुल जोशी
चैत ७, २०७६ शुक्रबार १२:४,

छिमेकी मुलुक भारतमा कोरोना भाइरसका कारण चार जनाको मृत्यु भएपछि नेपाली सीमा क्षेत्रमा संक्रमण फैलने त्रास बढेको छ। पश्चिमी सिमानाका गड्डाचौकीमा पछिल्लो समय सतर्कता त बढाइएको छ, तर प्रर्याप्त उपकरण र जनशक्ति अभावमा सो नाका भएर भित्रिनेको स्वास्थ्य जाँच गर्न समस्या भएको छ।

उपकरण र जनशक्ति अभावमा गड्डाचौकी नाका भएर भित्रिने सबैको स्क्रिनिङ गर्न नसकिएको स्वास्थ्यकर्मीले बताएका छन्।

सुदूरपश्चिम प्रदेश सरकार र भीमदत्त नगरपालिकाले गत फागुन २३ गते गड्डाचौकी नाकामा हेल्थ डेस्क स्थापना गरेका थिए। त्यहाँ ११ जना स्वास्थ्यकर्मी खटाइएको छ। भारतीय नागरिक वा भारत पुगेर आएका नेपाली नागरिकको पनि त्यहाँ खटिएका स्वास्थ्यकर्मीहरुले स्क्रिनिङ गर्ने गरेका छन्। तर स्क्रिनिङ गर्ने थर्मोमिटरको अभावमा सबैको स्क्रिनिङ गर्न नसकिएको गड्डाचौकीस्थित हेल्थ डेस्ककी अनमी निर्मला जोशीले जानकारी दिइन्।

गड्डाचौकीमा स्थापना गरिएको हेल्थ डेस्कमा दुई वटा माइक्रोलाइफ थर्मोमिटर मात्रै छन्। स्वास्थ्य जाँचका क्रममा स्वास्थ्यकर्मीले लगाउने लुगा (पीपीइ) पनि दुई सेट मात्रै छन्। स्वास्थ्य जाँचको उपकरण र पीपीईसमेत पर्याप्त नहुँदा स्वास्थ्य जाँचमा समस्या भएको तथा स्वास्थ्यकर्मीकै स्वास्थ्यमा पनि प्रतिकुल असर पर्नसक्ने अनमी जोशीको आशंका छ।

gadda15.jpg

‘दिनप्रति घर फर्किनेको भिड बढेकाे छ। हामी दुई वटा मेसिन र दुई वटा पीपीई कै भरमा काम गर्दैछौँ’ अनमी जोशीले भनिन्, ‘थप सामाग्री माग गरेका छौँ तर पाएका छैनौं।’

उनका अनुसार स्क्रिनिङ गर्दा ज्वरो १०० डिग्री भन्दा बढी भयो भने केही समय बिश्राम गराएर पछि फेरि स्क्रिनिङ गरिन्छ। त्यसमा पनि सुधार नभए अस्पताल पठाइन्छ।अहिलेसम्म भने कुनै शंकास्पद मानिस नभेटिएको उनको भनाइ छ।

४० हजार बढी भित्रिए
पश्चिमी नाका गड्डाचौकी भएर नेपाल भित्रिनेहरुको संख्या पछिल्लो समय दिन प्रतिदिन बढ्दै गएको छ। यद्यपी गड्डाचौकी नाका भएर कति मानिस भित्रिए भन्ने एकिन तथ्यांक कुनै पनि निकायसँग छैन। दैनिक करिब पाँच/छ हजार मानिस गड्डाचौकी नाका भएर भित्रिने गरेको ईलाका प्रहरी कार्यालय गड्डाचौकीका सई नरेन्द्र चन्दकाे अनुमान छ।

गड्डाचौकी नाकामा स्थापना भएको हेल्थ डेस्कमा राखिएकाे तथ्यांक अनुसार दुई साताको अवधिमा ४० हजार बढी मानिस नेपाल भित्रिएका छन्। साे हेल्थ डेस्कमा हालसम्म ४२ हजार ८७ जनाको स्क्रिनिङ गरिएको अनमी जोशीले बताइन्।

gadda16.jpgगड्डाचाैकी नाका भएर घर फर्कनेकाे भिड

तथ्याङक अनुसार फागुन २३ गते २ सय २७ जना, २४ गते १ हजार ६ सय ९६ जना, २५ गते १ हजार १ सय २० जना, २६ गते १ हजार ४ सय ९५ जना, २७ गते ७ सय २५ जना, २८ गते १ हजार ४ सय १९ जना, २९ गते १ हजार ५ सय ६५ जना, ३० गते ५ हजार ४ सय ७१ जना, चैत १ गते ४ हजार ६ सय ७८, चैत्र २ गते ३ हजार ५ सय ८१, चैत्र ३ गते ४ हजार ४ सय ७, चैत्र ४ गते ३ हजार ६ सय ३९, चैत्र ५ गते ३ हजार २ सय २, चैत्र ६ गते ४ हजार ९ सय ४४ र चैत्र ७ गते (शुक्रबार दिउँसोसम्म) ३ हजार ९ सय १८ जनाको कोरोना स्क्रिनिङ भएको छ।

जसमा सबैको ज्वरो सामान्य रहेको छ। यद्यपी कतिपय व्यक्तिहरु स्क्रिनिङमा छुट्ने गरेका छन्।

 

gadda12.jpgहेल्थ डेस्कमा स्वास्थ्य जाँच गरिँदै, जहाँ जनशक्ती र उपकरण सिमित छ।गड्डाचौकी नाका भएर भित्रिनेहरुको मात्रै कोरोना भाइरस स्क्रिनिङ गरिन्छ। अन्य साना नाकाहरुबाट पनि मानिसहरुकाे आवतजावत छ। तर ति नाकामा याे सुविधा उपलब्ध छैन। 

नेपाली सेना पनि नाकामा
सुदूरपश्चिम प्रदेश र भीमदत्त नगरपालिकाले स्थापना गरेको हेल्थ डेस्कमा शुक्रवारदेखि नेपाली सेनाले पनि सघाउन सुरु गरेको छ।सेनाका दुई जना मेडिकल अफिसरहरुले चेकजाँचमा सघाउन सुरु गरेको अनमी जोशीले जानकारी दिइन्।

ब्रम्हदेव नाका सुनसान, हेल्थ डेस्कमा स्वास्थ्यकर्मी बस्दैनन्
ब्रह्मदेव नाका हाल सुनसान जस्तै छ। कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै भारतको पूर्णागिरी मेला स्थगित भए पछि ब्रम्हदेव नाका सुनसान भएको हो।

ब्रम्हदेव नाका भएर आवतजावत गर्नेको संख्यामा निकै कमी आएको ब्रम्हदेव प्रहरी चौकीका सई जीवन गुरुङले बताए। सो नाका भएर मानिसको आवतजावतमा कमी आउन थाले पछि त्यहाँ रहेको हेल्थडेस्कमा स्वास्थ्यकर्मी बस्न समेत छाडेका छन्।

भारतको पूर्णागिरी मेलाले नेपालमा कोरोना भित्रिने खतरा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .