ad ad

कारोबार


अत्तरखेलमा सिभिल बैंकको शाखा

अत्तरखेलमा सिभिल बैंकको शाखा

नेपालखबर
चैत ७, २०७६ शुक्रबार ११:४७,

सिभिल बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौंको अत्तरखेलमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ।

अत्तरखेल शाखाको समुद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे तथा सिभिल बैंकका सञ्चालक समितिका सदस्य भिमानन्द ढुङ्गानाले संयुक्त रुपमा गरेका हुन्।

नेपाल सरकारद्वारा कोरोना रोगबाट बच्नका लागि जारी गरिएको सूचनालाई पालन गर्दै पूर्व निर्धारित उद्घाटन समारोहलाई स्थगित गरी अनौपचारीक रुपमै अत्तरखेल शाखाको उद्घाटन गरिएको थियो ।

सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ओख्रेनी माध्यमिक विद्यालय, सुन्दरीजल, काठमाण्डौलाई विद्यालयको इ–लाइब्रेरीको लागि १ थान कम्प्युटर तथा रामजानकी आधारभूत विद्यालय, नयॉपाटी, काठमाण्डौका विद्यार्थीहरुका लागि ५० थान स्कूल ब्याग हस्तान्तरण गरियो । सो कम्प्युटर तथा स्कूल ब्याग सिभिल बैंकका सञ्चालक समितिका सदस्य भिमानन्द ढुङ्गानाद्वारा सम्बन्धित विद्यालयका पदाधिकारीलाई प्रदान गरियो ।

गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले अत्तरखेलमा शाखा स्थापनासँगै व्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका लागि अनुकुल वातावरणलाई प्रोत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिँदै उक्त क्षेत्रका बासिन्दाहरुलाई आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफूसँग भएको सानो सानो पुंजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरे।

उक्त समारोहका सभापति तथा सिभिल बैंकका सञ्चालक समितिका सदस्य भिमानन्द ढुङ्गानाले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिताविना आर्थिक समृद्धि सम्भव नहुने बताए।

हालसम्म ४ लाख ३० हजारभन्दा बढी ग्राहकहरु रहेको करीव रु. ५४ अर्बभन्दा बढी निक्षेप परिचालन गरी करिब ५२ अर्ब रुपैयाँ कर्जा लगानी गरेकोे सिभिल बैंकको ११३ वटा शाखाहरु तथा २ वटा एक्स्टेन्सन काउन्टर र ५ वटा शाखारहित बैंकिंग सेवा काउन्टरबाट सेवा प्रदान गर्दै आएका बैंकले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .