समाज


लप्सिफेदीमा विद्युत सबस्टेशन निर्माणको विरोध गर्दा धरपकड भएको भन्दै राप्रपाको आपत्ति

लप्सिफेदीमा विद्युत सबस्टेशन  निर्माणको विरोध गर्दा धरपकड भएको भन्दै राप्रपाको आपत्ति

नेपालखबर
माघ ३, २०८१ बिहिबार १९:३२, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको शंखरापुर नगरपालिका वडा नं ३ स्थित लप्सिफेदीको बोझेनीमा निर्माण हुन लागेको विद्युत सबस्टेशनको विरोध गर्नेहरुमाथि प्रशासनले व्यापक धरपकड गरेको भन्दै त्यसको विरोध गरेको छ। 

बस्तीको मध्य भागमामा सबस्टेशन निर्माण गर्ने कार्यको प्रभावितले विरोध गर्दा १६ जनालाई पक्राउ गरिएको भन्दै राप्रपा प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति निकालेर त्यसको विरोध गरेका हुन्। 

‘बस्तीको मध्य भागमा सवस्टेशन निर्माण हुँदै गर्दा सवस्टेशनले ठूलो क्षेत्र ओगट्ने, ठूलो संख्यामा स्थानीय प्रभावित बन्नुपर्ने र वैकल्पिक स्थानमा सवस्टेशन स्थानान्तरण गरिनुपर्ने स्थानीयको मागलाई आपसी संवाद, छलफल र सहमतिका आधारमा सम्बोधन गरिनुपर्नेमा जबरजस्ती परिस्थितिलाई उत्तेजित तुल्याउने, दमन र धरपकड गर्ने कार्य गरिनु अनुचित छ,’ विज्ञप्तिमा भनिएको छ, ‘बोझेनी प्रदर्शनका क्रममा पक्राऊ परेका १६ जना स्थानीयबासीलाई अविलम्ब र बिनासर्त रिहा गर्न, घाइते भएकाहरुको निशुल्क उपचार गर्न र वार्ताद्वारा समस्याको समाधान गर्न राप्रपा सरकारसंग माग गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad