खानेपानी मन्त्री प्रदीप यादवले ९८ प्रतिशत नागरिकमा आधारभूत खानेपानीको पहुँच पुगेको दाबी गरेका छन्।
उनले भने, ‘अहिले हाम्रो मुलुकमा ९८ प्रतिशतन नागरिकलाई आधारभुत खानेपानी सेवा पुर्याएका छौं। अहिले पनि दुई प्रतिशत जनतामा आधारभूत खानेपानी पुर्याउन सकेका छैनौं। त्यसको लागि हामी निरन्तर लागिपरेका छौं। मलाई विश्वास छ एक वर्षभित्रमा सयप्रतिशत जनतामा आधारभुत खानेपानी पुर्याउँछौं। यो मेरो प्रतिवद्धता पनि छ।’
उनले अहिले २७ प्रतिशत नागरिकले मात्र शुद्ध खानेपानी पिउन पाएको उल्लेख गर्दै एक वर्षभित्र ५७ प्रतिशत नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पुर्याउने गरी काम गरिरहेको बताए।
उनले सरकार जनताका आधारभूत आवश्यकता पूरा गर्न संवेदनशील रहेको बताए।

प्रतिक्रिया