स्वर्णलक्ष्मी सहकारी ठगीका अभियुक्त एवं रास्वपा सभापति रवि लामिछानेविरूद्धको मुद्दामा थुनछेकसम्बन्धी आदेश आउँदै छ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आदेश सुनाउन लागेको छ।
आइतबारदेखि चलेको बयान र बहसपछि आज आदेश सुनाउन लागिएको हो। आदेश आउने भएपछि रास्वपाका नेताहरू पनि अदालत पुगेका छन्।
रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल, सांसदहरू डा चन्दा कार्की, सोविता गौतम, हरि ढकाल, रविकी श्रीमती निकिता अदालत पुगेका हुन्। उनीहरू इजलासबाहिर रविसँग बसेर आदेश कुरिरहेका छन्।
492
Shares

प्रतिक्रिया