समाज


राशिफल ३ माघ : सिंहले योजना गोप्य राखेर अघि बढ्नु उचित, कन्याको घरमा अतिथिको आगमन हुने, तपाईँको के?

राशिफल ३ माघ : सिंहले योजना गोप्य राखेर अघि बढ्नु उचित, कन्याको घरमा अतिथिको आगमन हुने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
माघ ३, २०८१ बिहिबार ४:४२, काठमाडौँ

आज बिहीबार, ३ माघ २०८१ (१६ जनवरी २०२५)। हेर्नुस् आजको राशिफल-

मेष : मनमा दुबिधा उत्पन्न हुनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। स्वास्थ्यमा समस्या आउँदा शरीर भारी र मन अस्थिर रहन सक्छ। कसैले मानसम्मानमा आघात पार्न सक्छ। सुन्दरतामा धन खर्च हुनेछ।

भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ३७, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ७० र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

वृष : स्वादिष्ट भोजनको विशेष अवसर मिल्नेछ। सवारी साधन खरिद गर्ने योग छ। पहेँलो रङको पहिरन गर्नाले विभिन्न समस्याबाट जोगाउन सक्छ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। सांस्कृतिक गतिविधिमा संलग्न भइनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६५, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

मिथुन : महत्त्वपूर्ण कामको थालनी हुनेछ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। नोकरी गर्नेले मानसम्मान पाउनेछन्। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

भाग्यशाली रङ निलो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६६, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

कर्कट : धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। नयाँ काम सुरु गर्ने समय छ। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६३, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

सिंह : महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ। मनमा दुबिधा उत्पन्न हुनेछ। जिद्दीपनाले गर्दा काम बिग्रने र आफूलाई कमजोर भएको अनुभूति हुनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। साँझमा साथीको सहयोग पाइनेछ।

भाग्यशाली रङ सेतो हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३७, व्यापारमा ४१, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४८ र शिक्षामा ४७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

कन्या : एकपछि अर्को अवसर आउनाले मनमा प्रसन्नता छाउनेछ। घरमा अतिथिको आगमन हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। परोपकारी कार्यमा संलग्न भइनेछ। कसैकसैका लागि सन्तान प्राप्तिको समेत छ।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।

तुला : रोकिएका काम पुनः सुरु हुन सक्छन्। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। इच्छा, आकाङ्क्षा पूर्ण हुनेछन्। अग्रजहरूको सुझावअनुसार अवसर पहिल्याउन सकिनेछ। पुँजी बजार भने कमजोर रहला।

भाग्यशाली रङ पहेँलो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

वृश्चिक : सामूहिक यात्रा रमाइलो र सफल हुनेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। व्यवसायमा सफलता मिल्नुका साथै आर्थिक सहयोग पनि मिल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ७१, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

धनु : स्वास्थ्यमा खर्च बढ्नेछ। यात्रामा मालसामान हराउन सक्छ। सानातिना समस्यामा अल्झनुपर्नेछ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। सुन्दरतामा धन खर्च हुनेछ। वैदेशिक क्षेत्रबाट राम्रै सफलता मिल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ४५, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ६० र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३८, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

मकर : अरूलाई प्रभावित पारेर काम बन्नेछ। रोकिएको धन हात पर्ला। न्यायिक कार्यमा सफलता मिल्नेछ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। मित्र वर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ। व्यापारमा राम्रै धनलाभ हुनेछ।

भाग्यशाली रङ आकासे र अङ्क १ हो। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ७७, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

कुम्भ : धार्मिक क्षेत्रको भ्रमण हुन सक्छ। करिअरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। प्रेम सम्बन्धका लागि समय श्रेष्ठ छ।

भाग्यशाली रङ रातो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६४, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

मीन : अभिभावकको सल्लाहअनुरूप चल्न सके समस्याबाट मुक्त हुन सकिनेछ। मङ्गल र शुभ कार्यमा सरिक भइनेछ। विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ। लामो समयदेखि रोकिएका अधुरा काम पूरा हुनेछन्।

भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad