समाज


स्वर्णलक्ष्मी सहकारी ठगीमा रविको थुनछेक बहस सकियो, आजै आदेश आउने

स्वर्णलक्ष्मी सहकारी ठगीमा रविको थुनछेक बहस सकियो, आजै आदेश आउने

नेपालखबर
माघ २, २०८१ बुधबार १५:३६, काठमाडौँ

स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाका अभियुक्त एवं पूर्वगृहमन्त्री रवि लामिछानेका विषयमा थुनछेक बहस सकिएको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आज रविका पक्षबाट ५ जना कानुन व्यवसायीले आफ्नो जिकिर राखे। उनीहरूले रविको प्रत्यक्ष संलग्नता देखाउने कागजात नभएकाले थुनामा राख्न नमिल्ने दलील प्रस्तुत गरे। 

यस्तै सरकारी वकिल ३ जना र जाहेरवालाका पक्षबाट २ जनाले जवाफी बहस गरेका थिए। केहीबेर रवि लामिछाने पनि बोलेका थिए।

बहस सकिएपछि सबै जनालाई इजलासबाहिर पठाएर न्यायाधीश अधिकारी आदेश लेख्न थालेका छन्।

बहस लम्बिँदै गएपछि रविले दिउँसो आफ्ना कानुन व्यवसायीलाई छोटो बोल्न आग्रह गरेका थिए।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर बिहीबार छुटेका रवि आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका थिए। त्यस दिन न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनीसँग बयान लिइएको थियो। थुनछेक बहस हुन सक्दा उनलाई प्रहरीको जिम्मा लगाइएको थियो। त्यसको अर्को दिन सरकारी वकिल र जाहेरवालाका तर्फबाट मात्र बहस सकिएको थियो।

अब न्यायाधीशले रविलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भनेर आदेश गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad