स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाका अभियुक्त एवं पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षबाट बहस सकिएको छ।
काठमाडौँ जिल्ला अदालतमा चलिरहेको थुनछेक बहसमा आज रविका पक्षबाट ५ जना कानुन व्यवसायीले आफ्नो जिकिर राखे। उनीहरूले रविको प्रत्यक्ष संलग्नता देखाउने कागजात नभएकाले थुनामा राख्न नमिल्ने दलील प्रस्तुत गरे।
आज बिहानैदेखि रविका पक्षबाट कानुन व्यवसायीहरूले बहस गरेका छन्। बहस लम्बिँदै गएपछि रविले आफ्ना कानुन व्यवसायीलाई कम बोल्न आग्रह गरेका थिए।
उनले कानुन व्यवसायीलाई भने, ‘अब बोल्ने काम एकदम कम गरौँ, एकदम छोटो।’
अहिले सरकारी वकिलले जवाफी बहस सुरु भएको छ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर बिहीबार छुटेका रवि आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका थिए। त्यस दिन न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनीसँग बयान लिइएको थियो। थुनछेक बहस हुन सक्दा उनलाई प्रहरीको जिम्मा लगाइएको थियो। त्यसको अर्को दिन सरकारी वकिल र जाहेरवालाका तर्फबाट मात्र बहस सकिएको थियो।
सरकारी वकिलले जवाफी बहस सकेपछि न्यायाधीशले रविलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भनेर आदेश गर्नेछन्।
Shares

प्रतिक्रिया