समाज


ठमेलबाट अपहरणमा परेका चिनियाँ नागरिक भिमफेदीको जंगलमा भागे, चार भारतीय पक्राउ

ठमेलबाट अपहरणमा परेका चिनियाँ नागरिक भिमफेदीको जंगलमा भागे, चार भारतीय पक्राउ

नेपालखबर
माघ १, २०८१ मंगलबार २१:३८, काठमाडौँ

काठमाडौँबाट अपहरण गरेर मकवानपुरको जंगलमा पुर्‍याएका चिनियाँ नागरिकको उद्धारको प्रयास भइरहेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चिनियाँ नागरिकको उद्धार गरिसकेको छैन। तर अपहरणमा संलग्न रहेको आरोपमा चार जना भारतीयलाई भने पक्राउ गरेको अनुसन्धान कार्यालय स्रोतले जानकारी दिएको छ।

पक्राउ पर्नेमा चारै जना भारतीय नागरिक छन्। उनीहरूले मंगलबार साँझ चिनियाँ नागरिकलाई काठमाडौँको ठमेलबाट अपहरण गरेर नै भारत लैजान लागेको आशंका प्रहरीको छ।

अहिले चिनियाँ नागरिकको खोजी गरिरहेको पनि प्रहरीले जानकारी दिएको छ।

चार जना भारतीय नागरिकले ठमेलको नर्सिङचोकबाट चिनियाँ नागरिकलाई जबरजस्ती गाडीमा हालेका थिए। उनीहरुले दक्षिणकालीबाट फर्पिङ हुँदै भिमफेदीको जंगलमा पुर्‍याएपछि चिनियाँ नागरिक भागेको प्रहरी स्रोतको दाबी छ।

पक्राउ परेका भारतीय नागरिकले भने आफूहरुलाई चिनियाँ नागरिकले ठगेकाले यसरी उठाएको प्रहरी समक्ष बताएका छन्। अहिले पनि भिमफेदीको जंगलमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चिनियाँ नागरिकको खोजि गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad