हरेक दिनझैँ मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) पनि राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानको तापक्रम विवरण सार्वजनिक गरेको छ।
जसअनुसार आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ६.३ डिग्री सेल्सियस छ भने सबैभन्दा बढी न्यूनतम तापक्रम सुनसरीको धरानमा ११.८ डिग्री सेल्सियस छ।
यसैगरी आज सबैभन्दा कम अधिकतम तापक्रम मुस्ताङको जोमसोममा १२ डिग्री सेल्सियस छ भने सबैभन्दा बढी अधिकतम तापक्रम झापाको चन्द्रगढी एयरपोर्टमा २४.६ डिग्री सेल्सियस रहेको मौसम महाशाखाको सूचीमा उल्लेख छ।
राजधानी काठमाडौँमा भने आज (मंगलबार) न्यूनतम तापक्रम ४.८ तथा अधिकतम तापक्रम १८ डिग्री सेल्सियस छ।
देशका अन्य स्थानको तापक्रम तल–


मौसमविद्का अनुसार सामान्यतया न्यूनतम तापक्रम हरेक दिन बिहान ८:४५ बजे तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
न्यूनतम तापक्रम भनेको त्यस दिन सबैभन्दा तल झरेको तापक्रम हो भने अधिकतम तापक्रम भनेको सबैभन्दा माथि उक्लिएको तापक्रम हो।
आज राति मौसम कस्तो होला?
मौसम महाशाखाका अनुसार आज राति देशभर मौसम मुख्यतया सफा रहने सम्भावना छ।
कतै पनि बादल लाग्ने वा हिमपात तथा वर्षा हुने सम्भावना नदेखिएको महाशाखाले जनाएको छ।
Shares

प्रतिक्रिया