समाज


अमेरिकामा शक्तिशाली भूकम्प, उद्धार जारी

अमेरिकामा शक्तिशाली भूकम्प, उद्धार जारी

नेपालखबर
असार २०, २०७६ शुक्रबार ०:४७,

अमेरिकामा दुई दशकयताकै शक्तिशाली भूकम्प गएको छ।

अमेरिकाको क्यालिफोर्नियामा ६.४ म्याग्निच्युडको भूकम्प गएको हो।

क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा केन्द्रविन्दु भएर गएको भूकम्पले भवनहरूमा क्षति पुगेको र केही ठाउँमा आगलागी भएको अमेरिकी जिओलोजिकल सर्वे (युएसजिएस)ले जनाएको छ।

लस एन्जलसबाट उत्तर तर्फ २४० किलोमिटरको दूरीमा पर्ने रिड्गेक्रेस्ट सहर भूकम्पको केन्द्रविन्दु रहेको जनाइएको छ।

पछिल्लो दुई दशक यताकै शक्तिशाली भूकम्प रहेको बीबीसीले उल्लेख गरेको छ।

उद्धार तथा राहतको काम जारी रहेको अग्निनियन्त्रकहरुले बताएका छन्। 

Southern California shaken by 6.4 magnitude earthquake 2

केन्द्रविन्दु रहेको सहरमा ठूलो क्षति भएको स्थानीय बासिन्दाले बताएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन्। केही मानिस घाइते भएका छन्।

तर क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

भूकम्प फेरि पनि आउन सक्ने भएकाले सचेत रहन स्थानीय मेयरले आग्रह गरेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले भने स्थिति नियन्त्रणमा रहेको ट्विटमार्फत उल्लेख गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad