समाज


एआईजीमा बढुवा कडायत अनुसन्धान विभागमा, केसी प्रदेश समन्वय

एआईजीमा बढुवा कडायत अनुसन्धान विभागमा, केसी प्रदेश समन्वय

नेपालखबर
पुस २८, २०८१ आइतबार २२:२, काठमाडौँ

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका दुई डीआईजीको पदस्थापन भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दुई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो।

उनीहरुको पदस्थापनको निर्णय भएको प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले जानकारी दिएको छ।

एआईजी कुवेर कडायत अपराध अनुसन्धान विभागमा पदस्थापन भएका छन्। अर्का एआईजी रविन्द्र केसीलाई प्रदेश समन्वय विभागको जिम्मेवारी दिइएको छ।

उनीहरु दुवै जना प्रहरी महानिरीक्षक वसन्त बहादुर कुंवरको ब्याची हुन्। उनीहरु पनि आगामी चैत ५ गते अनिवार्य अवकास हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad