समाज


बढुवासँगै ५ डीआईजीको तोकियो जिम्मेवारी

बढुवासँगै ५ डीआईजीको तोकियो जिम्मेवारी

नेपालखबर
पुस २८, २०८१ आइतबार २२:६, काठमाडौँ

नेपाल प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाको निर्णय भएको छ।

गृहमन्त्री रमेश लेखकले यसअघि बढुवा सिफारिस समितिको सिफारिसअनुसार ५ एसएसपीलाई डीआईजीमा बढुवा गर्ने निर्णय आइतबार गरेका हुन्।

बढुवासँगै उनीहरुको पदस्थापन पनि भएको छ। इश्वर कार्की अन्वेषण योजना तथा विकास निर्देशनालयमा पदास्थापन भएका छन्।

राजेन्द्रप्रसाद भट्ट कार्य विभागको कार्य निर्देशनालय, दिनेशकुमार आचार्य प्रहरी महानिरीक्षकको सचिवालय, अरुण कुमार पौडेल अपराध अनुसन्धान निर्देशनालय र गोबिन्द थपलिया प्रदेश समन्वय विभागमा पदस्थापन भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad