समाज


अमेरिकामा कार हिउँमा चिप्लिएर पोखरीमा खस्दा २ नेपालीको मृत्यु

अमेरिकामा कार हिउँमा चिप्लिएर पोखरीमा खस्दा २ नेपालीको मृत्यु

पोखरीमा खसेको कार। तस्बिर: एनबीसीवासिङटन डटकम


नेपालखबर
पुस २६, २०८१ शुक्रबार ७:३८, काठमाडौँ

अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु भएको छ। 

स्थानीय समयानुसार बिहीबार बिहान ७:३० बजेतिर सेन्टरभ्यु ड्राइभमा रहेको विङ्गेट बाई विन्डह्याम होटलनजिकै रहेको पोखरीमा कार खस्दा चालक ५५ वर्षीय कर्ण खड्का र यात्रु २० वर्षीय निश्चल भट्टको मृत्यु भएको हो।

फेयरफ्याक्स काउन्टी प्रहरीका अनुसार उनीहरू सवार कार हिउँमा चिप्लिएर पोखरीमा खसेको हो। 

अमेरिकी सञ्चारमाध्यमका अनुसार पोखरीमा कार डुबेको अवस्थामा फेला परेको थियो। दुवै जनाको शव कारभित्र पाइएको हो।

सहकर्मीहरूका अनुसार खड्का विङ्गेटमा काम गर्थे भने भट्ट जागिरका लागि आवेदन दिने योजनामा थिए।

तर समाचारमा मृतक नेपालीहरूको नेपाल ठेगाना खुलाइएको छैन। 

केही दिनयता हिमआँधीका कारण भर्जिनियासहित अमेरिकाका विभिन्न राज्यमा भारी हिमपात हुँदा जनजीवन कष्टकर छ।  

आँधी र हिमपातकै कारण अमेरिकामा अहिलेसम्म ५ जनाको मृत्यु भइसकेको छ भने लाखौँ जना विस्थापित भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad