काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बिहानको भन्दा थप घटेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ८:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ४.२ डिग्री सेल्सियसमा झरेको हो।
यसअघि आजै बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो। आजको आधिकारिक न्यूनतम तापक्रम पछिल्लो हो। हिजो बुधबार उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस थियो।
मौसमविद्का अनुसार राति आकाश सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ भने बादल लाग्यो भने बढ्छ।
फेरि यसको ठीक उल्टो दिउँसो आकाश सफा भयो भने घाम लाग्न पाउने भएकाले अधिकतम तापक्रम बढ्छ भने बादल लाग्यो भने घट्छ अर्थात् चिसो बढ्छ।
मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ। सामान्यतया न्यूनतम तापक्रम हरेक दिन बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन हुन्छ।
हेर्नुहोस् देशका विभिन्न स्थानको तापक्रम विवरण (न्यूनतम आजका, अधिकतम हिजोका)-

मौसम महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आज काठमाडौँ उपत्यकाको मौसम मुख्यतया सफा रहनेछ। मुख्यतया सफा भनेको कतै कतै बादलबाहेक आकाश सफा रहनु हो।
आज मौसम: कुन प्रदेशमा कस्तो?

Shares

प्रतिक्रिया