कारोबार


पूर्वपर्यटनमन्त्री सुदन किराँतीले भनेः यथास्थितिमा वायु सेवा निगम सञ्चालन सम्भव छैन

पूर्वपर्यटनमन्त्री सुदन किराँतीले भनेः यथास्थितिमा वायु सेवा निगम सञ्चालन सम्भव छैन

नेपालखबर
पुस २५, २०८१ बिहिबार १०:४५, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वपर्यटनमन्त्री सुदन किराँतीले यथास्थितिमा नेपाल वायु सेवा निगम सञ्चालन सम्भव नभएको बताएका छन्। 

बिहीबार बिहान बसेको प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा माओवादी नेता किराँतीले वायु सेवा निगमबारे प्रश्न उठाएका हुन्। 

‘निगमको प्रयासले मात्र निगम सुधार सम्भव छैन’, उनले भने, ‘यथास्थितिमा निगम सञ्चालन सम्भव छैन।’

वायुसेवा निगम नै आवश्यक हो कि होइन भन्ने विषयमा राष्ट्रिय सहमति चाहिने धारणा पनि उनले राखे। 

निगमसँग जहाज हुन अनिवार्य भएको उल्लेख गर्दै किराँतीले बैठकमा प्रश्न गरे, ‘मैले जहाज किन्ने टेन्डर लगाएको कहाँ गयो?’

जनतालाई सर्वसुलभ सेवा दिनुर्ने निगमको घरेलु मैदान खाली भएको टिप्पणी किराँतीले गरे। 

उनले थपे, ‘जहाज नहुँदा, बजार हस्तक्षेप नहुँदा भाडा नियन्त्रण भएन, जनता मारमा परे।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad