समाज


राशिफल २५ पुस : सिंहलाई घरव्यवहारको समस्याले सताउने, मेष र धनुलाई प्रेममा धोका, तपाईँको के?

राशिफल २५ पुस : सिंहलाई घरव्यवहारको समस्याले सताउने, मेष र धनुलाई प्रेममा धोका, तपाईँको के?

ज्यो. मेनुका दाहाल
पुस २५, २०८१ बिहिबार ४:४३, काठमाडौँ

आज बिहीबार, २५ पुस २०८१ (९ जनवरी २०२५)। हेर्नुस् आजको राशिफल-

मेष : हर्षसँगै दु:ख पनि आइलाग्नेछ। स्वास्थ्यप्रति सजग रहनु होला। प्रेम सम्बन्धमा बाधा पुग्न सक्छ। अधिकारको लडाइँ लड्नु पर्ला। सेयर बजारको कारोबारमा मन्दी आउनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६३, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ६७ र शिक्षामा ८१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

वृष : रमणीय र सुखद यात्राको योग छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। स्वादिष्ट भोजनमा रमाइनेछ। पढाइ लेखाइमा प्रगति होला। प्रणय सम्बन्ध बढेर जानेछ। पुँजी बजार तथा सेयर बजारको क्षेत्रमा सफलता मिल्ला।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४५, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ६६ र शिक्षामा ३८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। सजिलै अरूको विश्वास नगर्ने।

मिथुन : नयाँ योजना बन्नेछ। रोकिएका काम फत्ते हुनेछन्। न्यायिक कार्यमा सफलता मिल्नेछ। आर्थिक क्षेत्रबाट सोचेजस्तै लाभ लिन सकिन्छ। अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ।

भाग्यशाली रङ कालो र अङ्क सेतो हो। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ४०, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ७८ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। कालो रङको प्रयोग नगर्ने।

कर्कट : घरपरिवारसँग समय व्यतीत हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। लामो समयदेखि रोकिएका काम समपन्न हुनेछन्। नयाँ क्षेत्रमा लगानीको अवसर जुट्ला। व्यापार व्यवसायबाट लाभ हुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६६, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

सिंह : कलहको योग छ। कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्क रहनु होला। घरव्यवहारको समस्याले सताउनेछ। प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ। आर्थिक क्षेत्रमा पनि सङ्कट आउला।

भाग्यशाली रङ हरियो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७६, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ६७ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

कन्या : रमाइलो यात्रा हुनेछ। स्वादिष्ट भोजनको अवसर जुर्ला। वैदेशिक कार्य अघि बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। शुभकार्यको चर्चा चल्नेछ। साँझमा भने पारिवारिक झमेला हुन सक्ने र खर्च बढ्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ७७, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ४७ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। अरूलाई नझुक्याउने।

तुला : महत्त्वपूर्ण कामको थालनी हुनेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय उत्तम छ। प्राविधिक काममा सफलता प्राप्त हुनेछ। पुराना साथीभाइसित भेटघाट हुनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६८, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृश्चिक : राजनीतिक कार्यमा सफलता मिल्नेछ। दानपुण्यका कार्यमा सहभागी भइएला। प्राविधिक कार्यमा सफलता मिल्नेछ। मङ्गल कार्यको योग छ। सन्तान सुख मिल्नेछ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ४९, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

धनु : आफ्नो विचार विपरीत निर्णय हुनेछ। घरपरिवारमा सुख सन्तोषको कमी हुनेछ। विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला। प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ। नाक तथा घाँटीमा समस्या आउन सक्छ।

भाग्यशाली रङ रातो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ८१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। उत्तर दिशा नजाने।

मकर : महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। मित्र वा आफन्तले पनि सहयोग गर्नेछन्। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइनेछ। धार्मिक र सफल यात्राको योग छ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६८, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

कुम्भ : नयाँ व्यक्तिसँग भेटघाटको अवसर मिल्नेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। टाढिएका आफन्तसँग पुन: सम्बन्ध गाँसिन सक्छ। कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ५८, सेयर बजारमा ५३, वैदेशिक कार्यमा ७८ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

मीन : ठीक समयमा सही निर्णय लिन सकिनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्। पुँजी बजारको व्यवसायबाट लाभ मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ८०, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad